प्रलेसको केन्द्रिय सल्लाहकारबाट विरहीको राजिनामा

प्रलेसको केन्द्रिय सल्लाहकारबाट विरहीको राजिनामा

  • मङ्लबार, चैत्र १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौ, १९ चैत ।
३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरुले बिद्रोह गरेको दुई दिन बित्न नपाउदैँ अनिल शर्मा ‘विरही’ले पनि प्रगतिशील लेखक संघको केन्द्रिय सल्लाहकार समितिबाट राजिनामा दिएका छन् ।
प्रलेस सत्ताको दावेदारी गर्ने दलाल पूँजीवाद परस्त संगठनमा परिणत भएको भन्दै विरहीले केन्द्रिय सल्लाहकार समितिबाट राजिनामा दिएका हुन् ।
११ औं राष्ट्रिय सम्मेलनको संघारमा विरहीको राजिनामा आएको हो । प्रगतिशील लेखक संघ सामन्तवाद साम्राज्यवाद विरोधी संगठन भएपनि अहिले सत्तारुढ दल र केही अवसरछोपुवा लेखकहरूको भिडका रूपमा अघि बढाएको र यसले संगठनात्मक क्षेत्रमा विचार–प्रतिबद्ध र संगठन–सम्बद्ध लेखक–प्रतिभाहरूको साझा मञ्चका रूपमा आफूलाई विकास गर्न नसकेको उनको भनाई छ ।
संघबाट राजिनामा दिदै विरहीले भने, ‘सामन्तवाद साम्राज्यवाद बिरोधि संघर्ष नेपालमा जारी छ, तर प्रलेसले त्यो भूमिका निर्वाह गर्न सकेन ।’

प्रलेसलाई तत्काल बदःने सम्भावना समेत नरहेको प्रष्ठ पादै विरहीले दलाल पूँजीवादको विरुद्ध आन्दोलन उठानको लागि प्रलेस केन्द्रीय सल्लाहकार समितिबाट राजिनामा दिएको बताए ।
यसअघि ३८ जना केन्द्रीय समितिका लेखक तथा कविहरुले पनि प्रलेसले पूर्णतः आजको सरकार, सरकारी पार्टी र त्यसको वैचारिक प्रतिनिधिका रूपमा आफूलाई अपघटित गरिसकेको पुष्टि भईसकेको र राजनीतिक रूपमा सङ्कुचित प्रलेस आजको संसद्वादी, संशोधनवादी÷नवसंशोधनवादी तथा अवसरवादी धाराको सत्ताको भातृसंगठनमा फेरिइसकेको भन्दै बिद्रोह गरेका थिए ।
प्रगतिशील लेखक सङ्घ, नेपाल स्थापनाको साढे ६ दशक पुरा भइसकेको छ । नेपालका प्रगतिवादी तथा प्रगतिशील लेखकहरूको साझा मञ्चका रूपमा २०४४ सालमा पुनर्ग्ठित भएपछि पनि यसले तिन दशकसम्म आफ्नो भूमिका निर्वाह गरिसकेको छ ।
समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने र समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व एवम् पक्षपोषण गर्ने सांगठनिक रूपमा प्रतिबद्ध तथा विचारप्रति प्रतिबद्ध रहेका साहित्य–सर्जकहरूको खुकुलो साझा मञ्चका रूपमा यो संस्था क्रियाशील रहिआएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी