हावाहुरीबाट मृत्यु हुनेकेा सङ्ख्या २९ पुग्याे, २५ को सनाखत(नामावलीसहित)

हावाहुरीबाट मृत्यु हुनेकेा सङ्ख्या २९ पुग्याे, २५ को सनाखत(नामावलीसहित)

  • सोमवार, चैत्र १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

वीरगञ्ज, १८ चैत।
असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन, ११ वर्षीया समसिदा खातुन, ५५ वर्षीया मीना खातुन, २५ वर्षीया विशिया खातुन र ५० वर्षीय तैयर खातुन रहेका छन । अन्यको सनाखत हसन नसकेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार भारतीय मजदूरको मृत्यु भएको छ । हावाहुरीले फेटा गाउँपालिकाको भरवलिया टोलमा विद्युत्को खम्बा ढलेर चार जनाको मृत्यु भएको छ । जिल्लाको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरी कलैया, वीरगञ्जलगायत अस्पताल भर्ना गरेका थिए ।

कलैया अस्पतालमा उपचार गराइरहेका ४० घाइतेको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले स्थलगत निरीक्षण गरी घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । साथै उहाँहरुले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

यसैगरी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

हावाहुरीबाट पर्साको हरवलियामा वहिदा देवीको मृत्यु भएको छ भने हेटौँडाबाट वीरगञ्जतर्फ आइरहेको ना६ख ९३६० नंको बसमा बिजुलीको खम्बा खस्दा वीरगञ्ज महानगरपालिका–१२ का १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो । हावाहुरीबाट ग्रामीण क्षेत्रमा अत्यधिक क्षति भएको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी छ ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा भएको धनजनको क्षतिबारे जानकारी लिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीले सो ठाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो । असिनाले बालीनालीमा क्षति पुगेको छ । टेलिफोन लाइन र विजुलीका खम्बा ढलेका छन् । हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बसेका छन् ।

२५ जनाको सनाखत

गृह मन्त्रालयका अनुसार अहिलेसम्म २५ जनाको सनाखत भएको बाँकी छ । मृत्यु भएकामा १२ पुरुष, १० महिला र पाँच बालबालिका छन् । गृहमन्त्रालयका प्रवक्ता रामृष्ण सुवेदीले गम्भीर घाइतेमध्ये सात जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेमा बारा फेटा गाउँपालिका– ९ का ३६ वर्षीय कृष्ण पटेल, ५९ वर्षीय महमद मियाँ, ५० वर्षीय सुरेश पटेल, तीन वर्षीय अमन पटेल, ३५ वर्षीया गीतादेवी पटेल, ३३ वर्षीय मुना अन्सारी र पर्साकै नौ वर्षीय सलिना खातुन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । हावाहुरीका कारण अहिलेसम्म ६६८ जना घाइते भएकामध्ये २८४ जना उपचारपछि घर फर्किएका छन् ।

मृत्यु भएका नौ को शव नारायणी उपक्षेत्रीय अस्पतालमा र १८ शव जिल्ला अस्पताल कलैयामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हावाहुरीका कारण बाराको फेटा गाउँपालिका वडा नं १ र ६ बढी प्रभावित भएको छ । सनाखत भएकामा १३ जना फेटा गाउँपालिकाका मात्रै छन् । चार जना भारतीय नागरिक छन् । एक जना वीरगञ्जका छन् ।
मृत्यु भएकामा बाराको फेटा गाउँपालिकाका– १ का ५० वर्षीय हरिनारायण दास, ४५ वर्षीया मनोरमा देवीदास, २४ वर्षीया रुनी देवी, ६ वर्षीय नन्द पटेल, १२ वर्षीया रुवि खातुन, विविमा खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, २५ वर्षीया मिना खातुनको सनाखत भएको छ ।

यस्तै फेटा गाउँपालिका– ६ कै ११ वर्षीया नोक्सारा मियाँ, चार वर्षीया आलिसा खातुन, ४० वर्षीया सकिया खातुन, १२ वर्षीय शम्सिदा खातुन र १८ वर्षीया सवनम खातुनकोसमेत मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै बारा भवानीपुर– १ का ४५ वर्षीय राम माझी र चार वर्षीय सुरज मुखिया, पर्साैनीका ५५ वर्षीय अक्षयलाल माझी, कलैया १८ की ५० वर्षीया गढीमा देवी र सुवर्णपुर– ८ का तारिफा खातुनको घटनामा ज्यान गएको छ । घटनामा महागढीमाई– ७ का ७५ वर्षीया कोइरीदेवी, सुवर्णपुर– ४ का ६५ वर्षीय श्रीप्रसाद यादवको ज्यान गएको छ । भारत मोतिहारीका हितलाल सहनी, राजेश मुखिया, अवधेश पासवान, राधे लोडीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पर्सा वीरगञ्जका सरोज रामको सनाखत भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ