१८ चैत, काठमाडौं । हावाहुरी प्रभावित क्षेत्रमा केन्द्र सरकारले ४६८ वटा त्रिपाल पठाएकाे छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले ४६८ वटा त्रिपाल बारा र पर्सा पठाएको जनाएकाे छ ।
५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए । बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाएको हो ।
अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल मात्रै बाँकी रहेको उनले बताए । खनालका अनुसार ४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ ।
संघीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न समाग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ । त्यहाँ कुन प्रकृतिका कति सामाग्री मौज्दात छन् भन्ने जानकारी संघीय सरकारलाई छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline