बारामा भिषण आँधिरहुरीः २५ जनाको मृत्यु, ४ सय बढी घाईते-उद्धारका लागि सेना समेत परिचालन

बारामा भिषण आँधिरहुरीः २५ जनाको मृत्यु, ४ सय बढी घाईते-उद्धारका लागि सेना समेत परिचालन

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

१७ चैत, वीरगञ्ज । बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ ।
आइतबार साँझ परेको बर्षा र हावाहुरीका कारण बारामा मात्र २४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । पर्सामा एक जनाको मृत्यु भएको छ । रौतहटमा भने मानवीय क्षतिको खबर छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । भने ४०० बढी घाइते भएको पुष्टि भएको जानकारी दिएका छन् । साथै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।


प्रधानमन्त्रीले भनेका छन्,  बारा र पर्सा जिल्लाको केही स्थानमा अहिले साँझ आएको डरलाग्दो आँधिरहुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ।

यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्दे्शित गरिएकोछ।

हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढल्नुका साथै ठुलो मानवीय क्षति भएको छ । हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले बताए ।

घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएको बताईएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । इँटा भट्टा, पर्खाल भत्किएर मानिस पुरिएको आशंका गरिएको छ ।

बारा प्रहरी प्रमुख एसपी सानुकुमार भट्टराईले शवहरु थोरै फेला परे पनि मृतकको संख्या बढ्न सक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अर्को ट्वीट गर्दै उद्धार गर्न विमानस्थलमा नाइटभिजन हेलिकोप्टर अलर्ट राखिएको बताएका छन् । उनले मौसममा सुधार भए तत्कालन उद्धारका लागि नाइटभिजन हेलिकोप्टर जाने बताएका छन् ।

उनले उद्धारमा खटिन सिंगो पार्टी पँक्तिलाई पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेपाली सेनाको दुई बटालियन उद्धारका लागि परिचालन गरिएको जानकारी दिएका छन् । उनले मौसममा भएको खराबीका कारण उद्धारकर्मीसहित नाइट भिजन हेलिकोप्टरले उडान भर्न नसकेको बताएका छन् ।

बारा र पर्साका सबै अस्पतालहरु घाइतेले भरिएका छन् । उपचारमा रगतको निकै कमी भएको जनाइएको छ । औषधिको भने समस्या नभएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुकुमार भट्टराईले घाइतेहरुकाे उद्वार र मृतकहरुको शव संकलनमा प्रहरी सक्रिय भएको जानकारी दिए ।

फाेटाेः पत्रकार आलम खाँ

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ