लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

सुर्खेत, १७ चैत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।

तीव्ररूपमा बढिरहेको बसाइँसराइ, चेतनाको कमी र बेरोजगारीका कारण यस्तो समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरले बताउनुभयो । “प्रहरीले लागुऔषधमा सक्रियता बढाउँदा कारोवारी र प्रयोगकर्ता देखिन छाडेका छन्”, उहाँले भन्नुभयो, “गलत धन्दाले ल्याउने परिणाम बुझ्दै गएपछि अहिले मान्छे असल पेशा व्यवसायको खोजी गर्न थालेका छन् ।”

उहाँका अनुसार लागुऔषधअन्तर्गत ब्राउनसुगर ९३ ग्राम ५१० मिलिग्राम, चरेश छ किलो ३०४ ग्राम ७० मिलिग्राम, गाँजा १८१ ग्राम ५०० मिलिग्राम, नाइट्रोजन १५७ बरामद र गत फागुन ११ गते लेकबेँसी नगरपालिका–८ लामीडाँडा सुर्खेतमा एक लाख अवैध अफिमका बोट नष्ट गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ