श्रीमतीकाे शव जलाईरहेका श्रीमान सहित चार जना पक्राउ, यस्ताे छ कारण

श्रीमतीकाे शव जलाईरहेका श्रीमान सहित चार जना पक्राउ, यस्ताे छ कारण

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१७ चैत, रौतहट । श्रीमतीकाे हत्या आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् । गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका हुन् ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार सुनीताको हत्या भएको हुनसक्ने भन्दै माइतीपक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हाे ।

सुनीतालाई श्रीमान, काका ससुरा, नन्दहरु मिलेर घरभित्रै कुटपिट गरी हत्या गरेको र हत्याको शंका नहोस् भनेर एम्बुलेन्समा राखेर वीरगञ्जतर्फ लगेको माइतीपक्षको आरोप छ ।

एम्बुलेन्समा वीरगञ्जतर्फ लैजाँदा बाटोमै मृत्यु भएको भनेर राति नै शव जलाउन लागेको भन्दै माइतीपक्षले प्रहरीलाई खबर गरेको थियो । इलाका प्रहरी कार्यालय गरुडा र समनपुरबाट खटिएको प्रहरीले शव जलाइरहेको स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले बताए ।

सुनीताको शव जलाइसकेको भए पनि केही अवशेषहरु प्रहरीले फेला पारेको छ । डीएसपी कार्कीले घटना शंकास्पद देखिएको हुँदा श्रीमान र परिवारका सदस्यलाई नियन्त्रणमा लिई अनुसन्धान सुुरु गरिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ