विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना, डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !

विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना, डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

वीरगन्ज । थप दाइजो नपाएको निहूँमा सुनीता यादबको घरपक्षले उनलाई विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना दिएको खुलेको छ ।

उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन ।

त्यसबेला उनका पति डा. सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका परिवारिक सदस्य हुन ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो ।

माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार बराबरको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैंयाँ खर्चेको थियो ।

बहिनीलाई पहिलोपटक माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए । -कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ