चैत २३ देखि चतराधाममा एकमहीने अर्धकुम्भ मेला सुरू हुने

चैत २३ देखि चतराधाममा एकमहीने अर्धकुम्भ मेला सुरू हुने

  • शनिबार, चैत्र १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

धरान, १६ चैत।

सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा चैत २३ देखि शुरु हुन लागेको एकमहीने अर्धकुम्भ मेलाको संयोजन १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ ।

मेला आयोजक र प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको छलफलले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई अर्थकुम्भ मेलाको संयोजनको जिम्मेवारी दिइएको छ ।

शुक्रबार चतरामा भएको कुम्भमेला तयारीसम्बन्धी सर्वपक्षीय छलफलमा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कुम्भमेला सफल बनाउन प्रदेश सरकारले आर्थिक, भौतिकदेखि सम्पूर्ण सहयोग गर्ने बताउनुभयो ।

उहाँले कुम्भको सफलताका लागि सबै स्थानीय तह, निजी क्षेत्र र सरकारी क्षेत्रलाई परिचालन गरिनेसमेत जानकारी दिनुभयो । चैत २० सम्ममा चतरा पुग्ने चारैतिरका सडक मर्मत गरिसक्ने र विभिन्न नाकादेखि नै प्रवेशद्वारा राखिने, यातायात, स्वास्थ्य, खानेपानीलगायतको सम्पूर्ण पूर्वाधार तयारका लागि सबैलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

भारतमा चार वटा कुम्भ मेला लाग्दै आएको छ । नेपालमा अर्का कुम्भ मेला गरी विश्वमा पाँच वटा कुम्भ मेला हुने कुरा स्थापित गर्न चतरामा बस्दै आएका कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले ठूलो योगदान दिएका छन् । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले मेलाका लागि आवश्यक खर्च तथा तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

वैशाख २४ सम्म लाग्ने अर्धकुम्भमा चैत २६, वैशाख ६, २१ र २४ गते हुने स्नानमा देशविदेशका एक करोड हिन्दू धर्मावलम्बी सहभागी हुने आयोजकले जनाएको छ । चतरामा २०५९ सालमा पहिलोपटक कुम्भ मेला लागेको थियो । त्यसपछि २०६३ मा अर्धकुम्भ र २०७० मा पूर्णकुम्भ लागेको थियो । प्रत्येक १२ वर्षमा कुम्भ र छ वर्षमा अर्धकुम्भ मेला लाग्ने गरेको छ ।

भारतको नासिक, इलाहावाद, उज्जैन र हरिद्वार गरी चार स्थानमा कुम्भ मेला लाग्ने गर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ