नेपाल बार एशोसिएशनको निर्वाचन सम्पन्न, १९ गतेबाट मतगणना

नेपाल बार एशोसिएशनको निर्वाचन सम्पन्न, १९ गतेबाट मतगणना

  • शनिबार, चैत्र १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

काठमाडौँ, १६ चैत । 

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन भएको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिनुभएको थियो ।

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।

अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बन्नुभएको छ ।

आज भएको निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

प्रमुख निर्वाचन अधिकृत खड्काका अनुसार सर्वोच्चमा भएको मतदान केन्द्रमा चार हजार ८४३ मत खसेको छ । उहाँका अनुसार सर्वोच्च वारमा ६४४, उच्चवारमा एक हजार ६८८, काठमाडौँमा एक हजार ५८० र ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत खसेका छन् । देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि यहि चैत १९ गतेबाट काठमाडाँैमा मतगणना हुने उहाँले जानकारी दिनुभयो । देशभर बारका १० हजार ३१३ मतदाता थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ