केहि महिना अघि संयोगबस रोमेनीया देशका एक युवा कम्युनिस्ट डेभिड मेरीएन (David Marian) सँग भेट हुन पुग्यो र राजनीतिक तथा अन्य सामाजिक बिषयबारे गफ र बहस गर्ने समय मिल्यो । सोहि गफको क्रममा मजाक गर्दै उनले भनेका थिए, यदि म कुनै दिन रोमेनीयाको राष्ट्रपति भए भने रोमेनीया शब्दकोषबाट ‘धनी’ भन्ने शब्द हटाईदिनेछु । यति भन्दै उनले हाँस्दै मलाई एक दुई वटा किताब र निवन्धहरु पढ्ने सुझाव दिएका थिए ।जसमध्ये १९४९ मा विश्वकै महान वैज्ञानिक Albert Eienstein द्धारा लिखित एक निवन्ध पनि ‘आखिर समाजवाद नै किन ? ’(Why socialisam?) निक्कै समयपछि फेला पारे र पढे । निक्कै सान्दर्भिक लाग्यो र त्यसबाट प्रभावित भएर एउटा लेख मलाई पनि लेख्न मन लाग्यो ।यस लेखमा म त्यहि आइन्सटाइनको लेखलाई आधार बनाएर पूँजीवादले हाम्रो समाजलाई कसरी गलत दिशा तिर लग्दै छ ? कसरी हाम्रो व्यक्तिगत नाफाको निमीत्त समाजकै भविष्य बर्वाद बनाउँदै छ ? भन्ने प्रश्नहरुको उत्तर दिने प्रयास गरेको छु । हाम्रो समाजलाई गलत बाटोमा बाटोमा हिडाई राखेको अहिलेको कथित समाजवाद वैज्ञानिक समाजवादबाट कसरी भिन्न छ भन्ने पनि प्रस्ट्याउन खोजेको छु । अन्तःत वैज्ञानिक समाजवाद किन र यसले समाजलाई कसरी बर्वादीबाट बचाउन सक्छ भन्ने बारे टिप्पणी पनि गरेको छु ।
आइन्सटाइनको अनुसार अर्थविज्ञान र भुगोल विज्ञानमा धेरै फरक छैन, तर उनी अर्थविज्ञानलाई निक्कै संवेदनशील ठान्दछन् । भुगोलविज्ञान भित्रका बिषयहरु अलग–अलग अनुसन्धान गरी उनीहरु बिचको सम्बन्धको आधारमा नयाँ नियमहरुको निर्माण गरिन्छ । जुन सरल भाषामा प्रकाशित गरिन्छ , यसकारण कि ती नियमहरु आममानिसको समझमा आओस । ठिक यसविपरीत अर्थतन्त्रमा समाजमा कुनै पनि बिषयलाई अलग अध्ययन गर्न सम्भवहुँदैन । समाजका हरेक अंगहरु एक अर्काप्रति निर्भर रहन्छन् ।मानिसको जन्म र मरण बीच हुने व्यक्तिगत विकास पूर्ण रुपमा समाजमा निर्भर हुने गर्दछ ।
आजको शिक्षाले मानिसलाई उसको क्षमता चिन्न र विकार गराउन मदत गर्दैन, त्यस विपरित यस नवउदारवादको सिद्धान्तमा फिट हुने तालिम मात्र दिने गर्दछ ।
मानिस एक सामाजिक प्राणि हो । हर मानिस आफुभित्र रहेको निजी इच्छा, सपना पुरा गर्न सधैभर चाहन्छ,र आफु भित्र रहेका क्षमताहरुको विकास गर्न निरन्तर लागिरहेको हुन्छ । एक सामाजिक प्राणिको रुपमा हामी दुःख, सुखमा एक अर्काको साथ खोज्दछौं ।जीवनको अवस्था सुधार्न एक अर्काको मदत गर्ने गर्दछौ । र एक अर्काको विचारको सम्मान गर्दै माया र सद्भाव राख्ने गर्दछौ । यी विविध चरित्रहरुले मानिसलाई समाजमा एउटा परिचय दिदैछ र त्यस परिचयले नै मानिसको समाज प्रतिको योग्दानलाई निर्धारण गर्दछ ।
अहिले हाम्रो समाज गलत दिशा तिर हिडिरहेको छ । इतिहास देखि आज सम्म फर्केर हेर्दा र विकासको गति देख्दा लाग्न सक्छ , हामी निक्कै नै अगाडि बढ्दै छौ र स्वतन्त्रीत भएका छौ । तर हामी निक्कै ठुलो र विश्वासलाग्दो भ्रममा रमाईरहेकाछौ ।अचम्म त के छ भने मानिसहरु यसबारे पूर्ण रुपमा अनविज्ञ छन् ।हाम्रो वर्तमान समाजलाई एउटा झुठो सिद्धान्तले निर्देशन गरिरहेको छ, नवउदारवाद । यस सिद्धान्तको परिभाषा आजको वर्तमान हो जुन कहालिलाग्दो भविश्य निर्माण गर्दै छ । यस सिद्धान्तले हर चिजलाई नाफाको दृष्टिले हेर्ने गर्दछ । र मानिसलाई एक अर्काको प्रतिस्पर्धि बनाईदिन्छ । जुन सट्ट हेर्दा सामान्य लाग्न सक्छ , तर यसको फल निक्कै भयानक र कहालिलाग्दोछ । उदाहरण दिनको लागि धेरै छन्, जस्तै शिक्षा र स्वास्थय, सेवा जस्ता मानिसका आधारभुल आवश्यक्ताहरुको निजीकरण । पूजीँवादमा प्रतिस्पर्धालाई विकासको ईन्धन मानिन्छ, तर मानिसका आधारभुत आवश्यत्तामा हुने प्रतिस्पर्धाले विनाशजनक नतिजामात्र दिने गर्दछ । आजको शिक्षाले मानिसलाई उसको क्षमता चिन्न र विकार गराउन मदत गर्दैन, त्यस विपरित यस नवउदारवादको सिद्धान्तमा फिट हुने तालिम मात्र दिने गर्दछ । शिक्षाको मुल उदय भनेको व्याक्तिगत खुबीको खोजीमा टेवा पुर्याउने र आफ्नो सँगीमान्छे तथा समाजप्रतिको जीम्मेवारीता देखाउने र सिकाउने हुनु पर्दछ, एकअर्कालाई रिस गर्न र हराउन सिकाउनु भन्दा पनि । दुर्भाग्यवस, वास्तविकता यस्तो छैन,बिद्यालयका शैक्षीक पाठ्यक्रमहरु यी पूजीवाद र नवउदारवादका सिद्धान्तलाई एक तर्फि रुपमा आधार बनाएर निर्माण गएिको छ । विद्यार्थीहरुलाई के सहि के गलत भनेर बुझ्ने मौकाबाट पहिले नै बन्चित पारिएकोछ। यसबारे सबैको तत्काल गम्भिर ध्यानाकर्षण हुनुपर्ने जरुरी देखिन्छ ।
यसबाहेक शैक्षीक क्षेत्रको निजीकरणपनि पूँजीवाद भित्रको एउटा गम्भिर समस्या हो । सेवालाई निजीकरण गर्नु भनेकोसमाजलाई विभाजित गर्नु हो ।शिक्षा, धन र शक्ति हुनेहरुको पहुचमा हुदैछ । गरिव, शारिरीक रुपमा कमजोर (अपांग, जो काम गरी कमाउने स्थितीमा छैन) र समाजका तल्ला वर्गमा गनिनेरुहको लागि शिक्षा एउटा निकै महङगो सपना बन्दछ । त्यसैकारण उनीहरुको शिक्षाप्रतिको मोह निकै कम हुन्छ, र उनीहरु सानै उमेरमा पढ्न जान छोडि आफ्नो र परिवारको हेरचाहको निमित्त बिदेश लाग्दछन् । अथवा, निक्कै कम ज्यालामा आफनो श्रम बेच्न बाध्य हुन्छन् ।शिक्षाको अभावले हामीमा चेतनाको विकास स्तर निक्कै कम हुने गर्दछ, त्यसैकारण हामी उत्पिडनमा भएको, नभएको थाहा पाउँदैनौ ।थाहा भएपनि डर र त्रासको कारण बोल्ने आट गर्दैनौ । सो कारण समाजमा पिडित झन पिडित हुने गर्दछ । पूजीवादले गरिव असहाय हुनुको कारण मानिसको व्याक्तिगत लापार्वाहिता र आफ्नै दुर्भाग्य ठान्दछ । मानिसलाई त्यस अवस्थाबाट उद्धार गर्न भन्दा उल्टै उनीहको अस्तित्वमाथि संका र प्रश्न गर्दछ । बिना लाज एक मानिस (पूँजीवादी)द्धारा अर्को मानिस (असह्या)को आत्मासम्मान लुट्ने गरिन्छ । मैले माथि नै उल्लेख गरेको थिए, मानिसको पहिचान ठुलो मात्रामा हुर्किदै गरेको वातावरण र समाजमा निर्भर हुने गर्दछ, र केहि मात्रामा ऊ आफै जिम्मेवार हुँने गर्दछ ।
राज्यको कल कारखाना बन्द गरि देशलाई बिदेशी आयातमा निर्भर पार्ने गरिन्छ र देशको प्राकृतिक श्रोतहरुको बिक्रि बिदेशी मुलुकलाई गरिन्छ । यसबाट फाईदा लिने सबै पूँजीवादी नै हुन्छन्, जनताहरु यसको सिकार मात्र बन्छन् ।
पूँजीवादीको विकास जति बढ्दै जान्छ, समाजमा वर्गीय ध्रुविकरण पनि त्यति नै बढ्न जान्छ । समाजका उत्पादनका श्रोतहरु माथि केवल मुठ्ठीमा गन्न सकिने धनाड्यको अधिनमा हुने गर्दछ । उनीहरुले मजदुरी गरि खाने वर्गलाई आफ्नो नाफाका लागि मात्र प्रयोग गर्दछन् । नाफाको लागि यी मालिकहरु जे गर्न पनि तयार हुने गर्दछन् । कामदारहरुको लागि जहिले पनि गुम्न सक्ने खतरा हुन्छ । प्रविधिको आधुनिकिकरणले कामदारहरुलाई काममा सेवा पुर्याउनु भन्दा उनीहरुको जागीर जोखिममा पार्दछ । आधुनिकरणको नकारात्मक प्रभावहरु विकास हुँदै गरेका देशहमा भन्दा विकसित देशमा ठुलो छ । विकास हुँदै गरेका देशहरुमा मानिसहरुको रोजगार अरु नै तरिकाले जोखिममा पारिन्छ । उदाहरणका लागि, राज्यको कल कारखाना बन्द गरि देशलाई बिदेशी आयातमा निर्भर पार्ने गरिन्छ र देशको प्राकृतिक श्रोतहरुको बिक्रि बिदेशी मुलुकलाई गरिन्छ । यसबाट फाईदा लिने सबै पूँजीवादी नै हुन्छन्, जनताहरु यसको सिकार मात्र बन्छन् ।
अब स्वास्थ्य क्षेत्र भित्रको अवस्थालाई पनि एकछिन् नियालौ, यो क्षेत्रपनि शिक्षा क्षेत्रजस्तै दलालपंक्तिले पुरै निलिसकेको छ । मानिसहरु आजभोलीरोग सँग भन्दा पनि उपचारसँग डराउन थालेकाछन् । सरकारी अस्पतालको गुणस्तरमा कुनै प्रगति भएको छैन । सरकारी अस्पतालको सुल्क निजी अस्पताल भन्दा कम भएपनि सुविधा र सेवा निक्कै तल्लो स्तरको छ । मानिसहरुलाई निजी अस्पताल जान बाध्य बनाईन्छ । तर निजी अस्पतालको शुल्क सुन्दा आम मानिसको सातो जाने गर्दछ । स्वास्थ्य क्षेत्रमा व्यापार सुरु भएपछि आम मजदुरी गरिखाने मानिसहरु अस्पताल जान हिच्किचाउने गर्दछन्, उनीहरु अस्पतालको खर्च भर्न भन्दा विसन्चो मर्न तयार हुन्छन् ।
म अब जनताहरुलाई के प्रष्ट पार्न चाहन्छु कि यी हाम्रा मौलिक अधिकारहरुको निजीकरण गरिदैमा सेवा सुविधाहरु गुणस्तर हुन्छन् भन्ने ग्यारेन्टी कहिपनि हुँदैन । निजीकरणले प्रतिस्पर्धालाई प्रोत्साहन त गर्दछ, तर त्यसले दिने सेवाको कुनै लेखाजोखा राज्यले राख्दैन ।लापर्वाहीरुपमा सेवाको नाममा मालिकहरु पैदा गर्दछ । यी मालिकहरुको जर्जर सेवामा नभई नाफामा केन्द्रित हुन्छ । बजारमा मनपरि मूल्य भाउ सुन्दा म मात्रै अचम्मित भएको होईन होला ?निजी विद्यालयहरु र निजी अस्पतालहरु चोक चोकमा खुलेको देख्दा म मात्रैमा बिभिन्न संका र प्रश्नहरु उठेको होईनन् होलान् ?
स्वतन्त्रताको भ्रम
विज्ञानले नै विश्वलाई द्रुत गतिमा अघि लगिरहेको छ । २० बर्ष अघि मानिसले अहिलेको वर्तमानको कल्पना गर्न समेत अझै भ्याएको थिएन । विज्ञानले गरेको आविस्कारहरुले हाम्रो दैनिकी जीवन निक्कै सजिलो आरामदायी बनाएको छ । टेक्नोलोजीको विकासले विश्वलाई सानो बनाईदिएको छ । विश्वको एक कुना अर्को कुनासँग जोडिएको छ । सूचनाको आदनप्रदान निक्कै सरल बनेको छ । वैश्वीकरण निक्कै तिब्र गतिमा भईरहेको छ, र समय झन–झनआधुनिक बन्दैछ । समाज बजारले हडप्दै छ,बजार केहि पूँजीपतिहरुले । साधारण मानिसहरुमा उपभोग गर्न मात्र लत बस्दै छ, र यो लतले मानिसलाई रित्तो बनाउदैछ । हामी यो स्वतन्त्रताभित्र झन–झन अस्वतन्त्रीत हुँदै गईरहेका छौ । फेरी पनि हामी अनविज्ञ नै छौ ? अथवा हामी अनविज्ञ भएको नाटक गर्दैछौ ?
पूँजीवादले हामीलाई आफैँबाट कसरी अलग बनाउदैछ, हामी मानव जातिको असली र वास्तविक सार आखिर के हो ? हामीले आफुले आफुलाई कसरी बेचीरहेका छौ ?यस्ता प्रश्नहरुको जवाफ हामीसँग नभएको होईन, उत्तरहरु हामी सँगै छन् । तर पनि हामी परिवर्तनसँग डराउने गर्दछौ ।
मानिसहरु अहिलेको समयमा एक्लो पनको सिकार हुँदै छन् । मानिसहरु भित्र भित्र आत्तीन थालेका छन् । तपाईहरुले सुन्नु, पढ्नु भएकै छ होला आजभोली आत्माहत्याको संख्या किन बढ्दै छ, ‘डिप्रेशन’ भन्ने चिज एका एक सरुवा रोग सरी कसरी फैलदैछ ? तपाईहरुले यसबारे सुने पढे पनि यसपछाडि लुकेको कारण सायद खोज्ने र बुझ्ने अझै गर्नुभएको छैन होला ? गाउँ घर तिर यसको प्रभाव सहरको तुलनामा अझै तुच्छ हुन सक्ला । यसकारण कि गाउँ घरमा मानिसको दैनिक जीवन प्रत्यक्ष या अप्रत्यक्ष रुपमा एक अर्का प्रति निर्भर हुन्छ गाउँका मानिसहरुको जीवन सहरका मानिसको तुलनामा बढी नै सामाजिक हुन्छ । तर सहरमा यस्तो हुँदैन । सहरमा मानिसमा पनि एक्लो महसुस गर्ने गर्दछ । हाम्रो विश्व तिब्र गतिमा आधुनिक हुँदैछ, र यसैको फाईदा पूँजीपतिहरुले उठाईरहेका छन् । तपाईले लगाउने कपडा कसरी बनाईएको हो ?तपाईले सुन्ने गीत र हेर्ने फिल्मले तपाईलाई के सन्देश दिदैँछन् ?तपाइले खाने खाना (फास्टफुड)कुन देशबाट निर्यात अथवा प्रभावित भएका छन् ?यस्ता पश्नहरुको मुल्याङकन तपाईहरुमा छैन होला ।छैन भने तपाई पूँजीवादको सिकार हुँनुभएको छ । या हुँदै हुनुहुन्छ । पूजीवादले हामीलाई आफैबाट कसी अलग बनाउदैछ, हामी मानव जातिको असली र वास्तविक सार आखिर के हो ? हामीले आफुले आफुलाई कसरी बेचीरहेका छौ ?यस्ता प्रश्नहरुको जवाफ हामीसँग नभएको होईन, उत्तरहरु हामी सँगै छन् । तर पनि हामी परिवर्तनसँग डराउने गर्दछौ । काल माक्सले भनेका थिए ‘पूँजीवादले मानिसलाई आफुबाट र समाजबाट नै एलिनियट(Alieniate)अलग बनाईदिन्छ ।’ उनको यो भनाई आज वास्तविकता बन्न पुगेको छ । म माक्सको यो भनाईलाई उनले नै दिएको उदाहरणलाई आधार बनाएर प्रष्ट पार्ने प्रयास गर्दछु ।
रोजगार गर्नेहरु जो मानिस जसको रोजगार छ उ आफैले सहकामदारसँग प्रतिस्पर्धामा लागिरहेको हुन्छ । कारण यो होईन कि उसको त्यसव्याक्तिसँग जन्मै देखिको दुस्मनी थियो । हामीलाई यी पूँजीपतिहरुले एक अर्काको प्रतिस्पर्धि बनाइदिन्छन् । एक अर्कालाई जुध्न लगाएर उनीहरु फाईदा लिन्छन् । हामीलाई यो सामान्य जस्तो लाग्न सक्छ, तर यो हाम्रो प्रतिस्पर्धि व्यावहार परिस्थितीले वा हामी काम गर्ने ठाउँको वातावरणले गर्दा सिर्जना भएको हो । मेनेजरको स्याब्वासी सुन्न अथवा सहकर्मीले भन्दा बढी बोनस पाउँने लोभमा या प्रमोसनको आसमा आफ्नो सहकर्मीको खेदो खन्नु भएको छ । अथवा सहकर्मीले खेदो खनेका छन् ?छन्, भने यो हजुरको अथवा त्यस व्याक्तिको मात्रै एकल दोष होईन, यो पुरै सिस्टमको खराबी हो भनेर बुझ्दा हुन्छ ।यस्ता प्रतिस्पर्धि व्यवहारले मानिसलाई एकल काटे बनाउने गर्दछ । उसले जे गर्छ आफ्नै भलाईका लागि मात्रै गर्दछ, उसको सहकर्मी या समाजको भलाईका लागि उसले केहि गर्दैन । जव मानिसले आफ्नो भलाईको बारेमा मात्र सोच्दछ, उसले आफ्नो स्वार्थ पूर्ती गर्नका लागि अरुको विगार गर्न कहिल्यै पनि हिच्किचाउदैन ।
रोजगार नभएकाहरु समाजबाट कसरी एलिनिएट हुन्छन् ?बेरोजगार मानिसहरु यस समाजमा उनीहरुको ठाउँ कहिल्यै फेला पार्न सक्दैनन् ।उनीहरु यतै कतै हराईरहेका हुन्छन् । मानिसहरु आफ्नो खुबी र क्षमताको कदर भएको अनुभव गर्न निक्कै चाहन्छन् । उनीहरु आफनो मेहनतले समाजले कदर गरोस र त्यस अनुरुप फल दिओस भन्न आस राख्दछन् । यसो नभएको खण्डमा उनीहरु सबै कुरा त्यागि गलत , अपराधको बाटो हिड्न बाध्य हुन्छन् । जसरी हुन्छ आफ्नो पेट पाल्ने बाटो खोज्दछन् । समाजमा अपराध, गुडागर्दी किन बढीरहेको छ होला ?प्रश्न गर्नुहोस् । अब चोरलाई मात्र गालि गर्न छाडेर चोर समात्नेलाई पनि गालि गर्न थाल्नुहोस् । असली चोर चोर समात्ने हुन् ।
पपुलिजम अहिले संसारभर फैलिएको सरुवा रोग हो । पपुलिस्ट सरकारको कुनै सिद्धान्त हुँदैन, उ कल्पनामा देश चलाईरहेको हुन्छ ।
म अब समस्याहरु छोडि, माथि उल्लेखित समास्याहको समाधान के होला भन्ने तिर लाग्छु । यस समस्याहरुको समाधान लुकेर बसेको छैन, प्रष्ट छ, मात्र हामी त्यसलाई निडर भई अपनाउन र आफ्नो बनाउन आँट गर्न सकेका छैनौ । त्यसैले यो परिवर्तन संसदघर भित्रबाट आउँछ, या केहि पूँजीपतिद्धारा निर्देशित सरकारबाट नै । आउँछ त जनताबाट आउँछ । आउँछ समाजबाट आउँछ । त्यो पनि आमुल रुपमा आउनु पर्दछ । र त्यस आमुल परिवर्तनलाई सहि दिशा देखाउन एउटा भरपर्दौ कम्पासको जरुरत पर्दछ । राज्यलाई सहि दिशा देखाउन सक्ने कम्पास वैज्ञानिक समाजवाद हो ।
बैज्ञानिक समाजवाद के हो र यसको जरुरत नै किन भन्ने बारे प्रष्ट पार्नुभन्दा पहिले म बैज्ञानिक समाजवाद र अहिले बजारमा ज्वलप लगाएर बिकिरहेको समाजवादबीच के फरक छ भन्नेबारे लेख्न चाहन्छु । पपुलिजम अहिले संसारभर फैलिएको सरुवा रोग हो । पपुलिस्ट सरकारको कुनै सिद्धान्त हुँदैन, उ कल्पनामा देश चलाईरहेको हुन्छ । कहिले ट्रम्पको भाषण सुन्नु भएको छ, उसले मानिसको कल्पना मनोविज्ञानलाई झुटो असम्भव बाचा र सपनाहरु देखाएर कसरी कब्जा गरिरहेको छ ? कहिले केपी ओलीको भाषण सुन्नुभएको छ ? उनका कल्पनाको गफहरु देशमा पानीजहाज भित्र्याउने, घरघरमा ग्यासको पाईप पुर्याईदिने आदि ईत्यादि ।यीनका बाचाहरु नराम्रा होईन्, तर उनले गरेका काम र कामको नतिजा हेर्नुभएको छ ? कति नेपाली बिदेशीएका छन्, कति नेपाली नेपालमै अझै बेरोजगार छन् ? रोजगार नै हुनेहरुको तलब मासिक कति छ ?देशको शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? लगभग ५० लाख नेपाली कुपोशित छन् । किन ?महङगीको कारण, अभावको कारण ।सन् २०१६ को शिसु मृत्युदर तथ्याङक अनुसार नेपालमा जन्मिएका हरेक हजार बच्चा मध्ये ३५ जना बच्चाबच्चिहरुको पाँच वर्ष हुन अघि नै मृत्यु हुन पुगेका थियो ।कारण ?स्वास्थ्य क्षेत्र भित्रको महंगी र गुस्तर रहित सुविधा । ८० प्रतिशत भन्दा माथिको संख्यामा देशका जनताहरुको जीवन कृषिमा निर्भर छ । सरकारले कृषकको हितमा के गरेको छ ? खडेरीको कारण नस्ट भएको खेती वा बर्षाको बाढीले बगाएको खेतवारीको क्षतीपूर्ती वा उचित राहत कहिले दिईएको छ ? कृषकहरुले ढुक्क भएर कृषि गर्न सक्ने वातावरण बनाएकोे खै त सरकारले ?बिज्ञानको यति विकास भईरहदा खै त विज्ञानको प्रयोग कृषि क्षेत्रमा ? सबै किसानहरुको अझै पनि नजिकै बग्ने खोलाको पानी खेतसम्म पुर्याउन सक्ने समाथ्र्य छैन । बाढी आउदा बाटोको आवतजावत नै बन्द हुन्छ । यस्तो अवस्थामा देश गुज्रदै गर्दा देशमा पानी जहाज ल्याउछु भन्नु कति सम्मको नालायीकिपन होला ?कठै त म तिनलाई भन्न चाहन्छु जसले यो गफ पत्याएर पानी जहाजको पर्खाईमा बसेका छन् ।
पूँजीवादमा पपुलिष्ट सरकार झुठ बिक्रि गर्ने एउटा दोकान हो । तपाई हामीलाई अनेकौ झुठ र अवास्तविक बाचा दिएर निर्वाचित हुन्छ । उ तपाई हामी जस्तै आम मानिसको हितमा काम गर्ने कसम खाँदै डुल्दछ । तर यथार्थमा यस्तो केहि हुँदैन, उ आफ्ना र आफुजस्तै पूँजीपतिहको संरक्षण गर्नको निमित्त काम गरिरहेको हुन्छ । अहिले विश्वभर नै राजनीतिक संकट छाईरहेको छ । ओक्सफाम (Oxfam)द्धारा प्रकाशित एक रिपोेर्ट अनुसार गत साल उत्पादन भएको विश्वको कुल सम्पति (नाफा)मध्ये को ८२ % सम्पति (नाफा) विश्वको एक प्रतिशत धनाड्य व्याक्तिहरुको हातमा परेको छ, जब कि तिनै धनाड्यहरुको लागि काम गरिदिने मजदुरहको सम्पतिमा केहि बृद्धि भएको छैन । यो धनी र गरिवबीचको अन्तर झन् झनै बढ्दै गईरहेको छ, र यसका नकारात्मक प्रभावहरु अहिले जताततै महसुस गरिदैछ । त्यसैकारण पनि यो समस्या दृश्यात्मक बन्दै गईरहेको छ, यो असमानता हटाउन हामीलाइ अहिले एउटा सुनौलो अवसर छ । त्यसैले समस्या लुक्नु भन्दा देखिनु र चिन्नु सबैको लागि भलो हो, किनकि समस्या जब दृश्यात्मक हुने गर्दछ तब हामी यसलाई हल गर्न र सुधार्न नयाँ उपाय, विचार र तरिकाको खोजीमा लाग्छौ । बर्तमान समाजमा देखिएका समस्याहरुको समाधान गर्नु अहिले समाजमा नयाँ विचार र सिद्धान्तको आवश्यक्ता छ । त्यसैले यो अहिलेको आधिुनिक युगमा समाजलाई बैज्ञानिक समाजवादको निक्कै खाचो छ ।
पूँजीवादमा पपुलिष्ट सरकार झुठ बिक्रि गर्ने एउटा दोकान हो । तपाई हामीलाई अनेकौ झुठ र अवास्तविक बाचा दिएर निर्वाचित हुन्छ । उ तपाई हामी जस्तै आम मानिसको हितमा काम गर्ने कसम खाँदै डुल्दछ । तर यथार्थमा यस्तो केहि हुँदैन, उ आफ्ना र आफुजस्तै पूँजीपतिहको संरक्षण गर्नको निमित्त काम गरिरहेको हुन्छ ।
बैज्ञानिक समाजवाद अहिलेको कल्पित समाजवाद भन्दा धेरै भिन्न छ । सर्वप्रथम त वैज्ञानिक समाजवादले झुठो आश्वासन, सपना वाचाहरु बेच्ने, दोकान खोल्ने काम गर्दैन, जनतालाई उल्लु बनाउने काम गर्दैन । वैज्ञानिक समाजवाद डाइलेक्टियल भौतिकबादमा (Dialectical Materiblism)विश्वास गर्दछ, र यसैलाई आधार बनाएर समाज र सामाजिक प्राणिको हरेक पक्षहरुलाई अध्ययन गर्दछ । समाज, अर्थतन्त्र, विज्ञान, कला र मानिसहरुबीचको पारस्परिक सम्बन्धलाई मध्यनजर गर्दै ऊ आफ्नो सिद्धान्तहरु निर्माण गर्दछ । समाजको विकास उन्नत रुपमा भईरहेको हुन्छ । समाजको निरन्तर परिक्षण गर्दै उसले आफ्नो नीति नियमहरुको नविकण गरिराख्दछ । यसो गर्दा समाज एक प्रयोगशालामा रुपान्तरण हुन्छ । राज्यलाई वैज्ञानिक दृष्टिबाट हेर्ने गरिन्छ । राज्यको सम्पति समाजको बन्दछ, र समाजमा यसको पहुच हर मानिसमा समान हुन्छ । यस्तो राज्यले मात्र जातिय, वर्गिय र धार्मिक संघर्षको अन्त्य गर्न सक्छ । वैज्ञानिक समाजवाद कस्तो हुनु पर्दछ ?यसको उत्तर दिन त्यति सजिलो छैन, किन भने वैज्ञानिक समाजवादले समाजलाई निरन्तर अध्ययन गर्दै समाजको विकास गरिराख्नु पर्दछ । समाजका विगतमा भएका विकासहरुलाई अध्ययन गर्दै पुराना काल्पनिक समाजवादका सिद्धान्तहरु र सामन्तवादी सोचहरुलाई फाल्दै वर्तमानलाई विज्ञानमा आधारित रहेर समाजको विकास गर्नुपर्दछ । यसरी अपनाईएको निती अरु सबै जनताको लागि समान हुन्छन् ।वैज्ञानिक समाजवादको सिद्धान्तमा चल्ने राज्यले देशका जनताको सम्पूर्ण उपचारको जिम्मा लिनु पर्दछ । त्यसका साथसाथै शिक्षाको जिम्मा पनि राज्यले लिनु पर्दछ, र शिक्षा प्रणालीको पूर्ण रूपमा नविकरण गरिनुपर्दछ । शिक्षाले हाम्रो खुबीको खोज गर्न मदत पुर्याउनु पर्दछ । र आफ्ना देशका जनताको लागि नयाँ रोजगारीका अवसरहरुको सिर्जना गरी मुख्य त युवाहरुलाई स्वादेशमै काम गर्न प्रेरित गर्नुपर्दछ ।
र अन्तत, सस्कृति र कला क्षेत्रमा पनि वैज्ञानिक समाजवादले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ । कला क्षेत्रमा स्वतन्त्रताको निक्कै खाँचो हुन्छ र यसको सम्मान पनि गरिनुपर्दछ, तर बिकृति फैलन दिनु हुँदैन । कला र सस्कृतिको मुख्य उदेश्य समाजलाई एक बनाउनु हो । आधुनिकता र स्वतन्त्रताका नाममा छाडापन र बिकृतिलाई स्वीकार गर्नु हुँदैन ।माक्सले भनेका थिए, ‘अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्गसंघर्षको इतिहास हो ।’ र यो संघर्ष चलि नै रहनेछ । जब सम्म पूजीवाद पूर्ण रुपमा निषेधित हुँदैन । वैज्ञानिक समाजवादको सम्भावना के कति छ ?यसलाई किन विश्वास गर्नु ? भन्ने प्रश्नहरु उठ्न सक्छ । अहिले राज्यको नेतृत्व गर्नेको काम र छाट हेर्दा यस्ता विभिन्न संका र प्रश्नहरु उठ्न स्वभाविक हो । तर त्यस्तै अविश्वास प्रश्नहरुले नै क्रान्तिलाई सफल बनाउन मदत गर्दछ । नेदरल्याण्डका लेखक गुस्ताफ पिक(Gustaaf peak) ले उनको किताव ‘प्रतिरोध’ (verzet) मा लेखेका थिए, ‘कोही पनि पूर्ण निश्चितताको साथ भविश्यवाणि गर्न सक्दैन, तसर्थ बुद्धिमानि त तीनि हुन् जसले वर्तमानमा असम्भवको प्रतिज्ञा गर्दैनन्, तर भविश्यलाई प्रयास फेरबदलको एक ठोस प्रकृयाको रुपमा हेर्दछ । जहाँ अपरिहार्य विफलता र अनन्त सुधारह भईहन्छन् ।’ (पिक, २०१७, पे, १४)
वैज्ञानिक समाजवाद आफैमा एउटा लक्ष होईन, यो एउटा लक्षमा पुग्ने श्रोत हो । वैज्ञानिक समाजवादको लक्ष साम्यवाद हो, जहाँ वर्ग र राज्य भन्ने चिज हुँदैन । साम्यवाद पनि आफैमा एउटा अन्तिम लक्ष होईन । समाजको क्रमिक रुपमा विकास भईराखेको हुन्छ, र समयसँगै परिवर्तनको आवश्यक्ता हुन्छ ।
अहिले देशलाई एक आमुल परिवर्तनको खाँचो छ, यो परिवर्तन क्रान्तिबाट मात्र सम्भव छ । परिवर्तन हाम्रै वरिपरि छ । क्रान्ति हामी भित्र छोपिएर बसेको छ, यसलाई बाहिर निकाल्न निक्कै जरुरी छ ।त्यो पनि हाम्रो बर्वादि भन्दा पहिल्यै ।वैज्ञानिक समाजवादको क्रान्ति देशभर ब्यापक रुपमा सुरु भईसकेको छ, अब यसलाई तपाई हामी जस्तै सम्पूर्ण आम मानिसहरुको बुझाई र साथको खाँचो छ ।
अन्तमा म के भन्न चाहान्छु भन्दा, हरे क्रान्तिलाई आम मानिसकै आवाजले बुलन्द र सफल बनाउदछ । त्यसैले हामी सबै यस क्रान्तिको हिस्सा बने हाम्रो समाजलाई पूजीवादबाट स्वतन्त्रित बनाउन निकै जरुरी छ । ख्याल गर्नुस्, समय अझै बाकीँ छ, तर ढिलो पनि हुँदैछ ।