यात्रुबाहक बसमा छड्के निरीक्षण गर्दा….

यात्रुबाहक बसमा छड्के निरीक्षण गर्दा….

  • शनिबार, चैत्र १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

धादिङबेँसी १६ चैत ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डे मार्गस्थित ससाह चौतारामा हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषय वस्तुमाथि यात्रुसँग संवाद समेत गरिएको छ ।

गाडीमा यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुले आरक्षण गरेको सिटको प्रयोग गर्न पाए नपाएको निरीक्षण गरी यात्रा गर्ने ज्येष्ठ नागरिक, विद्यार्थीले पाउनुपर्ने छुट पाए नपाएको र घरपरिवारमा लैङ्गिक हिंसाको अवस्था तथा यात्रुसँगै प्रत्यक्ष संवाद गरिएको थियो ।

सो अभियानलाई प्रभावकारी बनाउन कार्यक्रममा व्यानर प्ले कार्डसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवार, ट्राफिक नायब निरीक्षक महेन्द्रबहादुर चन्दसहितका नेपाल प्रहरीका अधिकृत तथा जिल्ला समन्व्य समितिका उपप्रमुख विन्दा बरामो, नीलकण्ठ नपाका उप प्रमुख मनराज भण्डारी, नीलकण्ठ नपा वडा–८ गुणराज थपलिया तथा सदस्य, गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ