डाक्टरले गरे सन्तान नपाएको निहुँमा जेठी पत्नीलाई यातना दिँदै हत्या !

डाक्टरले गरे सन्तान नपाएको निहुँमा जेठी पत्नीलाई यातना दिँदै हत्या !

  • शुक्रबार, चैत्र १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

वीरगन्ज, १५ चैत । वीरगन्जको नारायणी अस्पतालमा कार्यरत डाक्टर सचितानन्द यादवको कुटाइबाट घाइते भएकी उनकी जेठी श्रीमती सुनिता देवी यादवको मृत्यु भएको छ ।

आफ्नै श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनिताको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ ५ बजे मृत्यु भएको सुनिता देवीका मामा नागेन्द्र यादवले जानकारी दिए ।

डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते भएकी उनकी जेठी श्रीमती सुनितालाई उनका माइती पक्षले उद्वार गरी चैत ११ वीरगन्जको गण्डक हस्पिटलमा भर्ना गरेका थिए । गण्डक हस्पिटलको आइसियु कक्षमा भर्ना गरिएकी उनको स्वास्थ्यमा सुधार नआएपछि माइती पक्षले उनलाई थप उपचारका लागि ११ गते नै राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा लगेका थिए ।

यसअघि चैत ११ गते वीरगन्जको गण्डक हस्पिटलमा पुर्याउँदा सुनिताको स्वास्थ्य एकदमै नाजुक रहेकोले मस्तिष्कमा अक्सिजन नपुगेर उनी हाईपोक्सीया रोगको सिकार समेत हुन पुगेको गण्डक हस्पिटलका डाक्टर सुरेन्द्र  याद बताउँछन् ।

कुटपिटको बहाना सन्तान नजन्माएको !

वीरगन्ज महानगरपालिकाको हरपतगन्ज घर भएका डा. सचितानन्द यादवसँग १५ वर्ष पहिले वीरगन्जजकै बहुअरीकी सुनिता यादवको २० लाख रुपैयाँ दाईजो समेत दिइ मागी विवाह भएको थियो ।

विवाहको एक वर्ष नबित्दै सुनिताबाट सन्तान भनभएको निहुँमा उनका श्रीमान डाक्टर सचितान्दले भारतको रक्सौल निवासी एक महिलालाई कान्छी श्रीमतीको रुपमा घरमा भित्र्याएका थिए ।

कान्छी श्रीमती ल्याएदेखि नै सचितानन्द यादवले कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमती सुनितालाई निरन्तर मानसिक तथा शारिरीक रुपमा यातना दिँदैआएको आएको आरोप सुनिताका भाई सन्तोष यादवको छ ।

निरन्तरको मानसिक र शारिरीक यातनाबाट पिडित सुनितालाइ लिन उनको  घर जादा ससुरा पक्षकाले केही दिनदेखि खाना समेत नदिएर भोकै राखेको र कुटपिटबाट पुरै शरीरभर निलडाम बसेको देखिएपछि यातना दिएको रहस्य खुलेको भाइ सन्तोषले बताए ।

सुनितालाई कुटपिट गरी घाइते बनाएपछि सचितानन्द यादवलाई भने प्रहरीले चैत ११ गते नै नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ । माइती पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएलगत्तै प्रहरीले डाक्टर यादवलाई पक्राउ गरी कर्तब्य ज्यान उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइसकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । अन्नपूर्ण पाेस्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ