पत्रकार महासंघ पाल्पाका अध्यक्ष अर्याल र सदस्य पौडेलमाथि दुर्व्यवहार,दोषीलाई कारवाही गर्न जनपत्रकार संगठनको माग

पत्रकार महासंघ पाल्पाका अध्यक्ष अर्याल र सदस्य पौडेलमाथि दुर्व्यवहार,दोषीलाई कारवाही गर्न जनपत्रकार संगठनको माग

  • शुक्रबार, चैत्र १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

चैत १५, काठमाडौँ ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजयकुमार पौडेलमाथि दुर्व्यवहार भएकाे छ । दुर्व्यवहार गर्नेहरुलाई कारवाही गर्न जनपत्रकार संगठन नेपालले माग गरेको छ ।

संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा भौतिक आक्रमण गर्नुको साथै ज्यान मार्ने धम्की दिएको घटनाले अझै पनि देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दहनिय र कमजोर रहेको पुष्टि भएको जनाएको छ ।

‘स्थानीय विकास निर्माणसंग जोडिएको विषयको समाचारलाई लिएर पत्रकारद्धय माथि स्थानीय बाबुराम विष्ट, शैलेन्द्र भट्टराई लगाएतको समुहले भौतिक आक्रमण गर्नुको साथै ज्यान मार्ने धम्की दिएको घटनाले अझै पनि देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दहनिय र कमजोर रहेको पुष्टि गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय राज्य पक्षबाट समेत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई विभिन्न बहानामा अङकुस लगाउने प्रयत्न भईरहेको बेला यस घटनाले सञ्चार जगतलाई थप गम्भीर बनाएको बताएको छ ।

विज्ञप्तिमा स्वतन्त्रता पुर्वक कलम चलाईरहेका पत्रकारहरुमाथि यस प्रकारको घटनाले सिङ्गो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र जबर्जस्त प्रेस बिरोधी हर्कत बढ्दै जाने उल्लेख गरिएको छ ।

शुक्रबार स्थानीय विकास निर्माणसंग जोडिएको विषयको समाचारलाई लिएर नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजयकुमार पौडेलमाथि स्थानीय बाबुराम विष्ट, शैलेन्द्र भट्टराई लगाएतको समुहले भौतिक आक्रमणका साथै ज्यान मार्ने धम्की दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ