बाँके। नेपालका लागि दुबाईका राजदुत सईद हमदान अलंकबी र नेपाल इक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष अब्दुल कवि बिच आज भएको साक्षात्कारमा अब्दुल कविले राजदुत अलंकबीलाई बाँकेमा महिलाहरुका लागि छुट्टै क्याम्पसको आवश्यकता रहेको बताउनु भएको थियो ।
मुस्लिम महिला कसमीरा खातुनले संचालन गरेको लुम्बनी ग्रमेन्ट उद्योगको अनुगमन गर्न नेपालगंज पुगेका राजदुत अलंकबीले मुस्लिमहरुको धार्मिक स्थलहरुको समेत अनुगमन गर्नु भएको थियो ।
राजदुत अलंकबीलाई अब्दुल कबिले बाँके जिल्लाको समग्र भौगोलिक अवस्थाका बारेमा जानकारी गराउदै नेपाल इक्रा एजुकेशनल फाउण्डेशनले दुबाई राजदुताबासको प्रत्यक्ष निगरानीमा गरी रहेको कामका बारेमा जानकरी गराउनु भएको थियो ।
नेपालगंजको अनुगमन सकेर काठमाडौ फर्किने क्रममा राजदुत अलंकबी र नेपालगंज उमहानगर पालिकाका प्रमुख डाक्टर धवल सम्शेर राणा संग समेत कुराकानी भएको थियो ।
कुराकानीमा प्रमुख राणाले दुबाई संग मिलेर काम गर्न आफू तयार रहेको बताउनु भयो थियो । राजदुत अलकंबीले बाँके जिल्ला आफूलाई मन परेको बताउदै छिट्टै आउने र ग्रामीण क्षेत्रमा पुगेर जनताहरु संग भेट गर्ने जिकिर गर्नु भएको थियो ।
