अन्तर्राष्ट्रिय पदक विजेता निर्मलबहादुर केसीलाई सम्मान

अन्तर्राष्ट्रिय पदक विजेता निर्मलबहादुर केसीलाई सम्मान

  • बिहिबार, चैत्र १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

गलेश्वर, १४ चैत ।
कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ ।

भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।

बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा सम्मान गर्दै मन्त्री पुनले खेलकूदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक विजेतासहित व्यावसायिक खेलाडीलाई मन्त्रालयले प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

“गण्डकी प्रदेशलाई खेलकूदको क्षेत्रमा हब बनाउनुपर्छ, खेलाडीलाई खेलकूदबाहेक अन्य क्षेत्रको विकल्प रोज्नु्पर्ने अवस्थाको अन्त्यका लागि योजना बन्दैछ,” मन्त्री पुनले भन्नुभयो । उहाँले कराते, भलिबल, फुटबलसहित विभिन्न खेलमा गण्डकी प्रदेशले देशभर नै उत्कृष्टका साथै अन्तर्राष्ट्रिय खेलमा समेत सहभागिताको वातावरण बनाउन स्थानीय तहमा खेल संरचनासहित प्रतियोगितात्मक गतिविधिलाई प्राथमिकता दिएको बताउनुभयो ।

खेलाडीको हौसलाका लागि मन्त्रालयले निरन्तर पहल गर्ने मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले बताउनुभयो । उहाँले खेलकूद क्षेत्रबाट समेत गण्डकी प्रदेशको शिर उच्च रहेको बताउँदै खेलकूदमा लागेका खेलाडी निराश हुनुपर्ने अवस्था नभएको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ