इलाम,१२चैत।
इलामको जितपुर र लिङ्देबाट प्रहरीले २ जनालाई गिरफ्तार गरेको छ । इलामको जितपुरबाट मोहन बराल भनेर चिनिने एक बृद्धलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले इलामको लुङ्देबाट आज दिउँसो आफ्नै घरबाट शन्त गजमेरलाई विप्लव कार्यकर्ताको आरोपमा पक्राउ गरेको छ ।
गजमेरलाई घरमा सुतिरहेकै अवस्थामा उठाएर लगेको पारिवारीक श्रोतले जनाएको छ । उता नेकपालाई नैतिक समर्थन गरेकै भरमा सवैसाधारण जनतालाई त्रसित बनाउने तथा गिरफ्तार गर्ने कार्य भएके भन्दै नेकपा ईलामले आपत्ती जनाएको छ । इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठले प्रधानमन्त्री केपि ओली विगतको झापा आन्दोलन नभुल्न आग्रह गर्दै अनावश्यक स्थानीयमाथि दमन नगर्न आग्रह गरे ।
उनले बन्दुकल टिकेको सत्तालाई विचारले ढाल्न सक्छ भन्ने विगतमा नै प्रमाणित भईसकेकोले बन्दुकका बलमा दमनमा नउत्रन समेत आग्रह गरे ।
नेकपामाथि नैतिक समर्थन गरेकै आधारमा जनतामाथि दमन र दुख दिए त्यसको प्रतिकार गरिने समेत चेतावनी उनले दिए ।