एपीएफ ‘काभ्रे गोल्डकप’को सेमीफाइनलमा प्रवेश, आर्मी पराजित

एपीएफ ‘काभ्रे गोल्डकप’को सेमीफाइनलमा प्रवेश, आर्मी पराजित

  • मङ्लबार, चैत्र १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काभ्रेपलाञ्चोक, १२ चैत ।
नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ । आजको प्रतिस्पर्धामा एपिएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको ३०औंँ मिनेटमा एपिएफ क्लबका महेश लामाले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट नबित्दै एपीएफ क्लबका हरि कार्कीले अर्को गोल थप्नुभयो ।
निकै आक्रमक रुपमा प्रस्तुत दुवै टोलीले मध्यान्तरपछिको खेलमा भने कुनै गोल गर्न सकेनन् । आजको खेलमा एपिएफ क्लबका गोलकिपर राजु नगरकोटीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । बुधबारको अर्को सेमीफाइनल खेल सङ्कटा ब्याइज क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । छ वटा ए डिभिजन क्लबसमेतको सहभागितामा जिल्लामा २५ वर्षपछि भएको फुटबल प्रतियोगितामा १० टोली सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ