मैत्रिपूर्ण फुटबल खेलमा नेपाल १–० ले कुवेतसँग पराजित

मैत्रिपूर्ण फुटबल खेलमा नेपाल १–० ले कुवेतसँग पराजित

  • मङ्लबार, चैत्र १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १२ चैत । कुवेतविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल १–० ले पराजित भएको छ ।अल शबब रंगशालामा कुवेतलाई जित दिलाउन युसुफ नासिरले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा पाएको पेनाल्टीमा नासिरले गोल गरेका हुन् ।

यसअघि पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । त्यो खेलमा कुवेतले पाएको पेनाल्टी अवसरलाई खेर फालेको थियो । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि भएको कुवेत भ्रमणमा नेपाली टोलीका मुख्य ६ खेलाडी भने थिएनन ।

विमल घर्ति मगर, अन्जन बिष्ट, अनन्त तामाङ, सुनिल बल लगायत राष्ट्रिय टोलीका नियमित खेलाडीहरु एएफसी यूथ २३ फुटबल च्याम्पियनसिप छनोटका लागि कतारमा रहेका छन् । यसैकारण कुवेत विरुद्धको खेलमार्फत ५ युवा खेलाडीहरुले राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका समेत पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ