काठमाडौँ, ११ चैत
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज दुइ मजदुरको मृत्यु भएको छ ।
जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले जानकारी दिए ।
खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजुदुर हुन् । उनीहरुको भान्सामा ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।
ग्यास पड्किएको ठाउँमा वर्षा भइरहेको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको एसपी मरासिनीले जानकारी दिए ।
विसं २०६९ मा निर्माण शुरु भएको २२ दशमलव दुई मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको छ।