प्रगतिशील लेखक सङ्घ एक नम्बर प्रदेशको सम्मेलन सम्पन्न, अध्यक्षमा डा. देवी दुलाल

प्रगतिशील लेखक सङ्घ एक नम्बर प्रदेशको सम्मेलन सम्पन्न, अध्यक्षमा डा. देवी दुलाल

  • सोमवार, चैत्र ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 31.1K
    SHARES

धरान ।

प्रगतिशील लेखक सङ्घ, नेपाल एक नम्बर प्रदेश समितिका प्रथम ऐतिहासिक सम्मेलन धरानको वेलकम होटलमा सम्पन्न भएको छ । समितिको अध्यक्षमा इलामका डा. देवी क्षेत्री दुलाल, उपाध्यक्षद्वय सुनसरीका डा. खेमराज खनाल, जमुना श्रेष्ठ, सचिव इलामका खिना परियार, सह–सचिव संखुवासभाका राजेन्द्र सर्वहारा र कोषाध्यक्ष झापाका विन्दुप्रसाद दाहाल रहेका छन् ।

सदस्यहरू झापाका नवल गजमेर “स्लाम”, राजेन्द्र संग्रौला,खोटाङका चित्रकुमार सुवेदी, झमकप्रसाद आचार्य“जेपी फिरन्ते”, रेखा क्षितिज, ताप्लेजुङ्का अम्विका हाङवाङ, प्रिसा बस्नेत, मञ्जु लिम्बू, भोजपुरका अमृका ताम्राकार, कविता राई, आङ्डेण्डी शेर्पा, पाँचथरका प्रेम ओझा, नारायण कार्की, इलामका उपेन्द्र आचार्य, उदयपुरका माधव पोखरेल गोज्याङग्रे,हिमालय सरोवर,सिर्जना सरोवर,मोरङका विदुर सुवेदी, तिला लेकाली,गणेश लामा आँसु,भवानीप्रसाद पोखरेल, सुनसरीका रामप्रसाद खरेल, धनकुटाका रमेशचन्द्र अधिकारी, स्मिता निरौला, तेह्रथुमका रविमान लमजेल, सोलुखुम्वुका मोहनकुमारी कार्की, नविन अभिशेष,लगायतका ४३ जना सदस्यीय समिति चयन भएको छ ।

धरानका पुराना कम्युनिस्ट अग्रज कृष्णप्रसाद श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा प्रदेश नं.१ सांसद उमिता वराइली,धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ नं. प्रदेश सह–इन्चार्ज सावित्रीकुमार काफ्ले“समर”, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) १ नं. प्रदेश समिति अध्यक्ष विमल निरौला, राष्ट्रिय जनमोर्चाका १ नं. प्रदेश सचिव बालकृष्ण शर्माले प्रलेस कम्युनिस्ट लेखक साहित्यकारको साझा वैचारिक वहसको केन्द्र विन्दु बन्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका उपाध्यक्ष जेवी थुलुङ, जनसाहित्यिक मञ्चका उपाध्यक्ष प्रा.डा. भिम खतिवडा, नेपाली लेखक संघ केन्द्रीय सदस्य प्रा.डा. गोपालप्रसाद भण्डारी,अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य पेमा लामा, प्रलेसका पुर्व केन्द्रीय सल्लाहाकार प्रा.डा. बद्रीविशाल पोखरेल, रक्तिम साँस्कृतिक परिवारका १ नं. प्रदेश समिति अध्यक्ष सुरेन्द्र भण्डारी , अखिल नेपाल लेखक संघका १ नं. प्रदेश समिति अध्यक्ष चेतनाथ धमला, प्रलेस केन्द्रीय सल्लाहार भवानी क्षेत्री, प्राज्ञ प्रतिष्ठान धरानका सह–संयोजक प्रा.डा. भोलानाथ पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलन आयोजक समिति संयोजक एवम् केन्द्रीय उपाध्यक्ष मिश्र वैजन्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रम केन्द्रीय सदस्य लम्जेल सङ्घर्षशीलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा कलाकार स्लामले हजार माइलको लामो बाटो वोलको गीत प्रस्तुत गरेर सम्मेलनमा सहभागीहरुलाई स्वागत सम्मान गरेका थिए । सम्मेलनमा विभिन्न जिल्लाका साहित्यकारहरुले कविता, गजल प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी