ने.क.पा.को बुद्धिजीवि संगठनका संयोजक शाही गिरफ्तार, भोजपुरबाट विद्यार्थीका अध्यक्षसहित तीन जना पक्राउ

ने.क.पा.को बुद्धिजीवि संगठनका संयोजक शाही गिरफ्तार, भोजपुरबाट विद्यार्थीका अध्यक्षसहित तीन जना पक्राउ

  • सोमवार, चैत्र ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौं, ११ चैत ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)निकट बुद्धिजीविहरुको संगठनका भेरी–कर्णालीका संयोजक धनराज शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
शाहीलाई तिलागुफा नगरपालिकाको रातागामबाट गिरफ्तार गरेको हो । उनलाई अनुसन्धानका लागि म्याद थप गर्न भोलि मंगलबार जिल्ला अदालतमा पेश गराउने तयारी गरिएको बुझिएको छ ।
पछिल्लो चरणमा सरकारले ने.क.पा.का नेता कार्यकर्ता र निकट भातृ संगठनमा आवद्ध भएका सबैलाई निगरानी र गिरफ्तार गर्ने श्रृंखलालाई बढाउँदै लगेको छ । जसको चौतर्फी विरोध भइरहेको छ ।
उता, भोजपुरबाट पनि ने.क.पा. निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विकास राई सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेका राई सहित ने.क.पा. का कार्यकर्ता टेम्केमैयङ गाउँपालिका–४, नागीका सञ्जय राई,साल्पासिलिछो गाउँपालिका–१ कुलुङका महेन्द्र तामाङलाई प्रहरीले गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनीहरु सोमबार भोजपुर सदरमुकामबाटै पक्राउ परेका हुन् । सोमबार नै सञ्जय राई र विकास राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरमार्फत म्याद थप गरी अुनसन्धान सुरु गरिएको डिएसपी केशवकुमार थेबेले बताए ।
यस्तै साल्पासिलिछो गाउँपालिकाको कुलुङबाट पक्राउ परेका महेन्द्र तामाङलाई भने सदरमुकाम ल्याउने तयारी भएको डिएसपी थेबेले जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ