आफ्नै श्रीमतीलाई बलात्कार गरेको कसुरमा उदयपुरका एक युवालाई ३ वर्ष जेल सजाय

आफ्नै श्रीमतीलाई बलात्कार गरेको कसुरमा उदयपुरका एक युवालाई ३ वर्ष जेल सजाय

  • सोमवार, चैत्र ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

गाईघाट, ११ चैत । उदयपुरका एक युवालाई आफ्नै पत्निलाई बलात्कार गरेको कसुरमा अदालतले ३ बर्ष जेल सजायको फैसला सुनाएको छ ।
उदयपुर जिल्ला अदालतले पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा ३ वर्ष कैद सजायको फैसला सुनाएको हो । ३८ वर्षीया पत्नीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गर्दै जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय एकजनालाई कैद सजाय सुनाएको हो ।
मुलुकी ऐन जवरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए वमोजिम ३ वर्ष कैद सुनाइएको हो ।
ती महिलाले शारिरीक अवस्था कमजोर रहँदा समेत ०७५ साउन २१ गते श्रीमानले इच्छाविपरित वलजफ्ती पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुव्र्यवहार गरेको भन्दै गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
लगत्तै भदौ ५ गते प्रहरीले आरोपित युवालाई पक्राउ गरेको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुबैलाई भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।
बैवाहि बलात्कारको मुद्धामा अदालतको सम्भवत यो नै पहिलो फैसला हो ।नयाँ संविधानले वैवाहिक बलात्कार भएमा ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको छ । अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ