यू–२३ च्याम्पियनशिप फुटबलमा नेपालले कतारसँग खेल्ने

यू–२३ च्याम्पियनशिप फुटबलमा नेपालले कतारसँग खेल्ने

  • आइतवार, चैत्र १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।

नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ । कतार एशिया कपको विजेता टोली पनि हो । यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई अर्कोे चरण प्रवेशका लागि कतारलाई जित्नै पर्ने बाध्यता छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै ओमानसँगको हारसँगै नेपालको एएफसी यू–२३ च्याम्पियनशिपमा छनोट हुने सम्भावनासमेत कमजोर हुँदै गएको छ । छनोट चरणमा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा कतारसँगै ओमन र अफगानिस्तान पनि छन् ।
यसअघि एक खेल खेलेको नेपाल पराजित भएर अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको कतार अङ्क तालिकाको शीर्ष स्थानमा छ । कतारको तीन अङ्क छ ।
त्यसैगरी समान तीन अङ्क नै जोडेको ओमन दोस्रो स्थानमा छ भने अफगानिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा छ ।
छनोटको शीर्षटोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगतामा सहभागिता जनाउनेछ ।यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनशिपमा भाग लिन पाउनेछन् । नेपालले मङ्गलबार अफगानिस्तानसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ