आईपीएल क्रिकेटः सन्दिप लामिछानेको टिमले आज खेल्ने, चेन्नईको विजयी सुरुवात

आईपीएल क्रिकेटः सन्दिप लामिछानेको टिमले आज खेल्ने, चेन्नईको विजयी सुरुवात

  • आइतवार, चैत्र १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं, १० चैत। इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १२ औं संस्करणमा आज दुई खेल हुनेछन् । आजको पहिलो खेलमा कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दा दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच हुनेछ ।

नेपालका सन्दिप लामिछानेको टोली दिल्लीले राति सवा आठ बजे मुम्बईसँग खेल्न लागेको हो । यसअघि साबिक विजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

गएराति भएको उद्घाटन खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ७ विकेटले हराउँदै महेन्द्र सिंह धोनीको चेन्नईले सुखद सुरुवात गरेको हो ।

खेलमा बैंङ्लोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । यस्तै सुरेश रैनाले १९ रन जोडे । योसँगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंङ्लोरले १७ ओभर १ बलमा अलआउट हुनुपूर्व ७० रन मात्रै बनाएको थियो । बैंङ्लोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ