स्टार खेलाडी नेइमारलाई कारबाहीमा

स्टार खेलाडी नेइमारलाई कारबाहीमा

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी, ९ चैत । पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेइमारलाई कारबाहीमा परेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयबारे सामाजिक सञ्जालमा आपत्तिजनक प्रतिक्रिया दिएका कारणयुरोपियन फुटबल महासंघ (युएईएफए) ले उनलाइ कार्वाहि गरेकेा हाे ।

नेइमारलाई तीन खेलको प्रतिबन्धको कारबाही गरेको छ । तर, युएईएफएले प्रतिबन्ध हुने खेलबारे उल्लेख गरेको छैन । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो ।

उक्त खेलमा युनाइटेडले भिएआरको सहायतामा पाएको पेनाल्टीमा गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार त्यस खेलमा बेन्चमा थिए । उनले रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउँदै फुटबल नबुझेको रेफ्रीले ह्यान्डबल दिएको भन्दै इन्स्टाग्राममा विरोध गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ