आईपीएलको १२ औं संस्करणः पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै

आईपीएलको १२ औं संस्करणः पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, ९ चैत । इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण आज रातिदेखि सुरु हुँदै छ ।
प्रतियोगिताको पहिलो खेलमा राति सवा ८ बजे चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै छन् ।
भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीबीचको खेल निक्कै रोमान्चक हुने अनुमान गरिएको छ ।
आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ ।
विराट कोहलीले नेतृत्व गरेको बैंङ्लोरले भने अहिलेसम्म उपाधि जितेको छैन । यसपटक आईपीएलमा ८ टिम सहभागी छन् ।
चेन्नइ र बैंङ्लोरसँगै मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाव प्रतियोगितामा सहभागी भएका हुन् । नेपाली युवा स्टार सन्दिप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ