सुमार्गीको २५ रोपनि जग्गा विप्लव नेतृत्वको नेकपाद्धारा कब्जा

सुमार्गीको २५ रोपनि जग्गा विप्लव नेतृत्वको नेकपाद्धारा कब्जा

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

पोखरा,चैत ९ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पोखरा महानगरपालिका शिशुवामा अजयराज सुमार्गी(पराजुली) को नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जा गरिको छ ।
सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि ले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ५७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा ने.क.पा.ले कब्जा गरेको छ ।
उक्त जग्गा पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्री प्रसाद आचार्य सँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई सुमार्गीले आफ्नो नाममा गरेको नेकपा कास्कीले बताएकोछ ।
सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रा.लि ले विनाखवर २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउदा जग्गा विवादित बनेको हो । पिडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदन र आबश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको जनाएको छ ।
विवादित जग्गा किनबेच, भोगचलन,तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण,ब्यवसायी,लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागि नहु्न नेकपा कास्कीले आम जनसमुदायमा अनुरोध समेत गरेको छ ।


यस अघि पर्यटकीय नगरी पोखराको मुटु मानिने न्यूरोडमा रहेको एक बिबादित जग्गामा डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको थियो ।
न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको आफ्नो नौ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णु प्रसाद श्रेष्ठले हडपेको भन्दै कृष्ण थापाले कास्की जिल्ला जनसरकारमा उजुरी दिएका थिए। थापाले यसबारे सरकारी अदालतमा कानूनी उपचार खोज्दासमेत न्याय नपाएपछि न्याय पाउन जनपरिषदमा उजुरी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ