युरोकप छनोट खेलः इङ्ल्यान्ड, फ्रान्स, टर्की र आइसल्यान्ड विजयी

युरोकप छनोट खेलः इङ्ल्यान्ड, फ्रान्स, टर्की र आइसल्यान्ड विजयी

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, ९ चैत । 

युरोकप छनोटअन्तर्गतका खेलमा इङ्ल्यान्ड, फ्रान्स, टर्की र आइसल्यान्डले सहज जित हात पारेका छन् । इङ्ल्याण्डले चेक गणतन्त्रलाई ५–० को भारी अन्तरले हराएको छ ।

इङ्ल्याण्डको जितमा रहिम स्ट्रलिङले ह्याट्रिक गर्दा हेरी केनले एक गोल गरे । खेलको अन्तिममा इङ्ल्याण्डले उपहार गोल मार्फत खेल ५–० ले जितेको हो ।

अर्को खेलमा विश्व विजेता फ्रान्सले मोल्डोभालाई ४–१ ले हरायो । पहिलो हाफमा नै ३–० को अग्रता बनाएको फ्रान्सका लागि एन्टोइन ग्रिजम, भाराने, ओभिर जिरुड र केलीयन एम्बाप्पेले गोल गरे । खेलको अन्तिममा मोल्डोभाले एक गोल फर्काएको थियो ।

यस्तै टर्कीले अल्बानियालाई २–० ले हरायो भने आइस्ल्याण्डले एन्डोरालाई पनि २–० ले नै पाखा लगायो । यता क्रिस्टियानो रोनाल्डो टिममा फर्किएको खेलमा पोर्चुगल भने युक्रेनसँग गोलरहीत बराबरीमा रोकियो । गएराति नै भएका अन्य खेलमा बुल्गेरिया र मोन्टेनेग्रोले १–१ गोलको बराबरी खेल्दा लक्जेम्बर्गले लुथिलियालाई २–१ ले हरायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ