पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड ठगीः दुई पक्राउ, १० जना फरार

पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड ठगीः दुई पक्राउ, १० जना फरार

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

ललितपुर, ९ चैत ।

पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र हरिबहादुर लामा पुर्पक्षका लागी थुनामा गएका छन्।

पोल्याण्ड पठाइदिने बहानामा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले दै ६ सय नौ जनाबाट यत्ति ठूलो रकम उठाएको प्रहरीको भनाइ छ।

महतो र लामालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। सोही आरोपमा संलग्न अन्य १० जना भने फरार छन्।

प्रमाणपत्रमा काठमाडौं महानगरपालिका ९ मा कार्यालय रहेको भनिए पनि उनीहरुले ग्वार्कोमा दृष्मा ओभरसीज प्रालि संचालन संचालन गरेको देखिएको जिल्ला अदालत पाटनका श्रेस्तेदार चन्द्रप्रकास तिवारीले जानकारी दिए।

उनका अनुसार अभियुक्तको थुनछेक बहस सुरु भएको छ। तिवारीले भने,‘६ सय ९ जनाले उजुरी दिएका छन् र पाँच करोड ४१ लाख रुपैयाँ ठगेको आरोप पीडितको छ।’
उनीहरुलाई जिल्ला अदालत पाटनले फागुन २८ गते पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो।अन्नपूर्णपाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ