यस बर्षकाे एसईई परीक्षा आइतबारदेखि सुरु हुदै, कति विद्यार्थी सहभागी हुदैँ छन् ?

यस बर्षकाे एसईई परीक्षा आइतबारदेखि सुरु हुदै, कति विद्यार्थी सहभागी हुदैँ छन् ?

  • शनिबार, चैत्र ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडाैं, ९ चैत । यस बर्षकाे माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षा आइतबारदेखि सुरु हुदै छ । एसईई परीक्षामा देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईईमा सहभागी हुने विद्यार्थीको स‌ंख्या अघिल्लो वर्षको तुलनमा कमी आएको परिषद्का प्रमुख विष्णु प्रसाद अधिकारीेले जानकारी दिए ।

गत वर्षभन्दा एसईई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीले बताए । यस वर्षकाे परीक्षामा दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा सहभागी हुँदैछन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् ।

परीक्षाका लागि देशभरबाट एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।

गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी