काठमाडाैं, ८ चैत ।
एएफसी यू–२३ छनोट च्याम्पियनसिपमा नेपाल ओमानसँग १ – ० ले पराजीत भएकाे छ । कतारको दोहामा सम्पन्न पहिलाे खेलमा नेपाल पराजीत भएकाे हाे । नेपालले पाएका थुप्रै अवसर गुमाउदा पहिलाे खेलमा नै पराजीत हुन पुग्याे ।
मार्च २६ सम्म सञ्चालन हुने छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित आयोजक कतार, ओमन र अफगानिस्तान छन्।
नेपालले समूहको दोस्रो खेल मार्च २४ मा कतारसँग र अन्तिम खेल मार्च २६ मा अफगानिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टोली सन् २०२० मा थाइल्यान्डमा आयोजना हुने च्याम्पियनसिपका लागि छनोट हुने छ।
विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असीम भुसाल, विकास खवास, विमल घर्तीमगर, विश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरव बुढाथोकी छन्। टोलीमा हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धीरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नीतिन थापा र दीप कार्की छन्। टोलीको सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ छन्।