चैत्र ८ भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत पृथकतावादको बाटो छाडेर शान्तिपूर्ण ढंगले विकासको बाटोमा आएको भन्दै विप्लवलाई पनि शान्तिपूर्ण राजनीतिमा आउन भनेका छन् ।
भैरहवामा आज पत्रकारहरुसगँ कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लवले विध्वंसात्मक गतिविधि नछाडेको भन्दै उनलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरु पनि छन् ओलीले भने ।
भैरहवामा निर्माण भईरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सक्न पनि निर्देशन दिए । उनले विमानस्थलको निरीक्षण पछि त्यस्तो निर्देशन दिएका हुन् ।
तर सो विमानस्थल चले पछि पनि अन्तराष्ट्रिय रुट परमिट भारतले अहिले सम्म नखोल्दा समस्या हुने देखिएको छ । यस विषयमा पनि भारतसगँ छलफल भईरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।
उनले एक प्रसंगमा उहाले आकस्मिक रुपमा पार्टी एकता टुंगो लाग्ने पनि बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline