८ चैत, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन् ।
गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल पुगेका उनी चिकित्सककाे सल्लाह अनुसार पाटन अस्पतालमा भर्ना हुनु भएको पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए ।
मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन-चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline