उसलाई डर छ !

उसलाई डर छ !

  • बिहिबार, चैत्र ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

बलराम तिमल्सिना
*****
उसलाई खतरा छ-
मरेका मान्छेहरूका नमरेका सपनाबाट
अहिले पनि जो सपनाको कुरा गरिरहेछन
ती सवैबाट उसलाई खतरा छ !

उसलाई प्रश्नहरूबाट खतरा छ ।

ऊ चाहन्छ-
सारा प्रश्नहरूको नरसंहार गरौं
मान्छेका दिमागहरूमा भरौं
प्रश्न निवारक रसायन
र मस्तले सुत्न पाइयोस समृध्दिको निद्रा !

हिजो आज ऊ
फूलहरूसँग पनि डराउँछ
उसको आदेश बेगर पनि
निस्फिक्री फुलेका फूलहरू
उसलाई खुङ्खार अपराधी लाग्छ !

बुलेट प्रुफ बाक्साभित्र पसेर
ऊ सिपाहीहरूलाई उकासिरहेछ –
“हमारे बहादुर सिपाहीयों
आप लोग मत डरना !
सिपाहियों के लिए-
मृत्यु नही सहादत मिलता है
और सहादत
सव से अच्छा अवशर है !”

उसलाई,
बुलेट प्रुफ डव्वा भित्र पनि डर छ
कुनै दिन
आफैंले उकासेका सिपाही
आफैंतिर फर्के भने के होला ?
उसलाई
आफ्नै षडयन्त्रसँग पनि डर छ !

ऊ डोभाल मात्र होइन
शासकहरूको प्रतिनिधि नाम हो !

मानिसहरूले बुझिसके –
संसारमा सवैभन्दा कायर शासक हुन्छन
आफैले हत्या गरेका
हजारौं मानिसहरूका
नमरेका सपनाहरूसँग
तिनीहरू बेस्सरी डराउँछन !

२०७५|१२|०६
सुवर्ण चोक , भक्तपुर
(बुलेट प्रुफ बक्सभित्रबाट सिपाहीहरूलाई संवोधन गर्दै गरेको भारतीय सुरक्षा सल्लाहकार अजित डोभालको भाषण गरिरहेको फोटो हेरेपछिको प्रतिकृया । )

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी