दक्षिण एशियामा पाकिस्तानी र भुटानी पछि नेपाली खुसी !

दक्षिण एशियामा पाकिस्तानी र भुटानी पछि नेपाली खुसी !

  • बिहिबार, चैत्र ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

चैत्र ७ काठमाण्डौं ।  दक्षिण एशियामा नेपाल तेस्रो नम्बरको खुसी भएको मुलुकमा परेको छ । दक्षिण एशियामा पहिलोमा पाकिस्तान (विश्वव्यापी रुपमा ६७) नम्बरमा छ भने दोस्रोमा भुटान (विश्वव्यापी रुपमा ९५) नम्बरमा परेको छ भने तेस्रोमा नेपाल तथा चौथोमा बंगलादेश (विश्वव्यापी रुपमा १२५) नम्बर, पाँचौंमा श्रीलंका (विश्वव्यापी रुपमा १३०), छैठौंमा भारत (विश्वव्यापी रुपमा १४०) नम्बरमा र सातौंमा अफगानिस्तान (विश्वव्यापी रुपमा १५४) नम्बरमा परेका छन् ।

विश्वका टपटेन खुसी राष्ट्रमा फिनल्याण्डपछि क्रमैसँग डेनमार्क, नर्वे, आइसल्याण्ड, नेदरल्याण्ड्स, स्वीजरल्याण्ड, स्वीडेन, न्युजील्याण्ड, क्यानडा र अष्ट्रिया रहेका छन् ।

नेपाल विश्वका १५६ देशहरुको खुसी इन्डेक्समा एक सय नम्बरमा नम्बरमा परेको छ ।

१३६ पेज लामो बुधबार प्रकाशित रिपोर्टमा सो तथ्य सार्वजनिक भएको हो । विश्वको सबैभन्दा धेरै खुसी हुने राष्ट्रको सूचीमा फिनल्याण्ड परेको छ भने सबैभन्दा कम खुसी हुने मुलुकको सूचीमा १५६ नम्बर दक्षिणी सुडान परेको छ ।  वर्ल्ड ह्याप्पिनेस रिपोर्ट संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले तयार पारेको हो ।

यो प्रतिवेदनमा आर्थिक अवस्था, कूल आयु, सामाजिक समर्थन, छनौट गर्न सक्ने स्वतन्त्रता र देशका सरकारहरुको भ्रष्टाचारको तहलाई मूल्यांकन गरेर इन्डेक्स तयार पारिएको जनाइको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी