प्रतिबन्धको प्रतिरोध हुन्छ

प्रतिबन्धको प्रतिरोध हुन्छ

  • बुधबार, चैत्र ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

सुमन सिंह पौडेल

नेपालको राजनितिक बृतमा पछिल्ला दिन विभिन्न घटनाक्रमहरुको बिकास भएको छ । भेनेजुएला प्रकरण, रेशम चौधरीलाई जन्मकैदको फैसला, अलग मधेस देशको बिखण्डनकारी रणनिती बनाएर देश टुक्राउन उद्धत सिके राउत प्रकण, र लगत्तै संसदिय सत्ताको बिकल्प बैज्ञानिक समाजवादी सत्ता स्थापनाको उदेश्य लिएर संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध जस्ता सतहमा आएका यी प्रकरण हरुले यतिबेला नेपाली समाज तातेको छ ।
हामी नेपाली छिट्टै तात्ने, बिर्सने र छिट्टै सेलाउने प्रबृतिका छौं ।

कतिपय हाम्रा आक्रोशहरु मथ्थर पनि भैसके होलान । हुनत नेपालमा यस्ता धेरै प्रकरण घटना परिघटना भैरहेकै छन । तथापी पछिल्ला दिनहरुमा जे बिकास भइरहेको छ र त्यसले निम्त्याएको तरङ्गलाई देखिन्छ, त्यो भने निक्कै गम्भीर छ । यसमा नेपाली सत्ता प्रभुहरुको गुलाम बनेर उनिहरुको खेताला बन्दै आफ्ना गतिबिधी गरिरहेको र त्यसको अन्तर्यमा गम्भीर रास्ट्रघात भैरहेको प्रस्ट हुँदै गइरहेको देख्न र बुझ्न सकिन्छ । सायद यसै कारणपनी होला गम्भीर संकटमा फंसेको रास्ट्रघाती सत्ता र सरकारले पछिल्ला प्रकरणहरुलाई पहिला जस्तै ढाकछोप गर्न सकेन । जो अहिले छताछुल्ल भएको छ ।
फागुन २२ मा पुस्पकमल दहाल बिराटनगरमा आएर बिप्लवहरुलाइ कानुन बमोजिम ठेगान लगाइन्छ । उनिहरु अर्थात बिप्लवहरु सुध्रनु पर्दछ भनेर निक्कै कड्किएर गए । फागुन २४ सहिद सप्ताहको अन्तिम दिन झापा सुखानी आएर प्रधानमन्त्री खड्क ओलिले आफ्नो तुच्छता प्रकट गर्दै “ बिप्लवहरुले चक्कु देखाएर लुटेको र यिनी लुटेरा समुहलाइ कडा कारबाही चलाउने भने“। रेशम चौधरीलाई अपराधी करार गरेर जेल कोचियो । सिके राउत जो जेलमा थिए उनलाइ रातारात ११ बुंदे सहमती गरेर राजनितिको मुल प्रवाहमा ल्याउने निर्णय संगै ससम्मान एउटै मंच बाट केपि सिके र पिके गठजोड जस्तो लाग्ने गरि चमत्कार देखाए । त्यही मंचबाट चमत्कारी केपिले नेपाल कम्युनिस्ट पार्टी बिरुद्ध अर्को तुच्छता प्रकट गरे । उनले भनेका थिए कम्युनिस्ट नाम फेरेर लुटेरा समूह राख, बिप्लव लुटेरा समूह, प्रकाण्ड लुटेरा समूह जस्ता फोहोरी असोभनिय शव्दहरुको बर्सात गरे केपि ओलिले । यस्तो लाग्दै थियो रास्ट्रघात गर्ने सिकेलाइ अंगालोमा हालेर रास्ट्रको निम्ति बलिदान दिन तयार बिप्लव जस्ता नेताहरुलाइ लात हानिरहेका छन केपि ओलि । सायद केपि ओलिको रास्ट्रबादको नक्कली मुखुण्डो अन्तिम पटक उघ्रदै थियो त्यस मंचबाट ।

एनसेलमाथिको कारबाही, हतियार प्रकण, र कपिल बस्तुमा प्रहरिले गरेको ज्यादतिको बिरुद्ध नेपाल कम्युनिस्ट पार्टिले राज्य आतंकको बिरुद्ध ३० गते नेपाल बन्दको घोसणा गरेको थियो । फागुन २८ गते सरकारले दुनियाँलाई चकित पार्ने गरि अर्को केटाकेटीपन देखायो जुन नेपाल कम्युनिस्ट पार्टीका सम्पुर्ण गतिबिधी माथिको प्रतिबन्ध थियो । यो प्रतिबन्धले नेपालका आम जनताहरुको बिचमा कित्ता खडा गरिदियो । सिके राउत जस्ता बिखण्डनकारीलाई रातारात राजनितिको मुल प्रवहामा ल्यांइरहंदा बिप्लबहरुको नेपाल कम्युनिस्ट पार्टिलाइ प्रतिबन्ध लाइनुले सरकारको कार्य दक्षता र बिश्वसनियता माथिनै गम्भीर प्रश्न उठन पुग्यो । जब प्रतिकृयावादी साशकहरु आफ्नो संकट छुपाउन अनेक प्रयत्न गर्छन त्यंहा धेरै ठूलो कमजोरी गर्न पुग्छन । त्यस्तै भयो केपि पिके सिके(बिदेशी प्रभु) हरुले चालेका र छिपाउन प्रयत्न गरिएका सबै खेल हरु जनताको अगाडि छर्लङ्ग हुन पुग्यो ।
राजनितिक बिस्लेसक, बुद्धिजिवी, कानुनबिध, मानवअधिकारकर्मी, राजनितिक दलका नेता कार्यकर्ता, ब्यवशायी लगायत आम नेपालि हरुले यी बिसयहरु प्रती गम्भीर चासो राखे र संग संगै सिके प्रकणमा सरकारले दलाली गर्दै देश टुक्राउन भुमिका खेलेको, र नेपाल कम्युनिस्ट पार्टी जस्तो राजनितिक पार्टिलाइ प्रतिबन्ध लगाएर कमजोरी गरेको जस्ता टिप्पणी गर्दै त्यसको कडा बिरोध गरे । यसले कसलाइ फाइदा कसलाइ घाटा भन्दा पनि मुख्यत रास्ट्रघात उदाङ्गिनु र रास्ट्रवादीहरुको स्वर एकठांउमा आउनुले डुब्न लागेको मुलुक बचाउन सकिने बिसय स्थापित हुन पुगेको छ । अझ यसले रास्ट्रवादी र रास्ट्रघाती बिचको अन्तर्बिरोध उचाइमा लाने काम गरेको छ र एउटा ठुलो आन्दोलनको सम्भावना थप प्रस्ट हुँदै गएको छ । अहिले को कंहा भन्ने भन्दा पनि आम रास्ट्रवादि हरुले यी बिसयहरु प्रति कुनै न कुनै रुपमा बोलेको र भोलि यसले रास्ट्रवादको एउटै मंच खोज्ने र त्यो मंच अब रास्टृय मुक्ती आन्दोलन मात्र हुन सक्ने संकेत गरेको छ । सिके राउत नामको कठपुतली सारमा अमेरिकाले कुनै हालतमा मधेसलाई अलग गर्न प्रयत्न गर्ने छ र रास्ट्रघात बिरुद्ध उठेको रास्ट्रवादी मनोबिग्याननै नेपालि क्रान्तिको निर्णायक शक्ति हुन सक्ने सम्भावनाको पनि बिकास भएको छ । अब यसको निम्ति व्यापक संयुक्त मोर्चाको प्रयत्न गरिनु पर्दछ । भारतिय र अमेरिकन हस्तक्षेपबाट सदाका लागि मुक्त हुन जरुरी छ । यसको निम्ति निकट भविस्यमा नेपाली जनताहरुले बैदेशिक हस्तक्षेप बिरुद्ध रास्टृय मुक्ती युद्ध लड्नु पर्ने छ भने त्यसको साथ साथै हाम्रो आन्तरिक गृह युद्ध पनि हल हुने छ ।
अर्को तिर प्रतिबन्ध लागेको छ । नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित पार्टी बनेको छ । यो नौलो र अनौठो बिसय होइन । कार्ल मार्क्स, लेनिन, माओ, र धेरै नेताहरुलाइ प्रतिबन्ध लागेको थियो । नेपालमै पनि इंतिहासमा दलहरु माथि प्रतिबन्ध थियो । तत्कालिन माओबादीले संकटकाल झेल्यो, एमाले, कंग्रेसहरुले प्रतिबन्ध झेलेका छन । त्यसकारण यो कुनै नौलो , अनौठो र ठूलो बिसय होइन । हामि यसलाइ सामन्य ढङ्गले लिन्छौ र यसको डटेर प्रतिबाद गर्छौं । तर बिसय कहाँ बुझ्न जरुरी छ भने हिजो इतिंहासमा प्रतिबन्ध लगाउने सासकहरुको अन्त्य भएको छ । जुन सासक हरु नेपालि गरिब श्रमजिवि सर्वहारा बर्गका सपनाहरुबाट उठेको आन्दोलनलाई दबाउन लागिपरेका थिए । उनिहरु चिहानमा पुगे । उनिहरु दलाल, सामन्त, पुंजिपतिहरु थिए । हो त्यो सत्ता अर्थात हिजोको सामन्ती सत्ता आज दलाल पुंजिवादी सत्ताको रुपमा बिकसित भएर नेपाली जनताहरुको जिवनलाइ डसिरहेको छ । रास्
ज्बमिष्लग जगलहब?
। रास्ट्रको सौदा गरिरहेको छ । दुनिंया हंसाउने गरि, आफ्नो भद्दा गद्दारी देखाइरहेको छ । यो प्रबृतिको नेतृत्व पात्रको हिसाबले केपि पिके कम्पनीले गरिरहेका छन । अहिले बिचमा अर्को सिके पनि थपिन आइपुगेको स्थिती छ । आज जनता एका तर्फ अधिकार र मुक्तिको माग राज्य संग गरिरहेका छन । अर्को तर्फ राज्यका मालिकहरु प्रतिबन्ध लगाइरहेका छन । यसर्थ इनिहरु अर्थात केपि पिके सम्मलित पार्टी र यो पार्टीलाई बोक्ने संसदिय ब्यवस्था प्रती अब कुनैपनि भ्रम रहेन । अर्थात आम रास्ट्रबादी, देशभक्त, क्रान्तिकारी, प्रगतिशिल नेपाली नागरिकहरु अहिलेको सरकार र यो ब्यवस्था जनता र रास्ट्रको पक्षमा नरहेको भन्ने कुरामा सतप्रतिशत प्रस्ट बन्ने स्थिती बन्यो ।
प्रतिबन्ध हाम्रो बिचारमा , दृस्टिकोणमा , हाम्रो गतिबिधिमा लाग्यो । अझ आज एउटा समाचारमा आएको थियो बिप्लवका कार्यकर्तालाइ गोलि हान्ने समेत आदेश छ रे । हामिले गरिबले खान पाउनु पर्दछ, लाउन पाउनु उसको अधिकार हो, बस्न पाउनु पर्छ, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुराहरु प्रती राज्य गम्भीर बन्दै ग्यारेन्टी गर्न सक्नु पर्छ । देशलाइ स्वाधिन बनाउनु पर्छ, भ्रस्टाचार रोक्नु पर्छ , न्याय दिनु पर्छ, देशलाइ समृद्ध गर्नु पर्छ भनेका हौं । हामिले कहाँ नराम्रो कुरा भन्यौं । जनताको जीवन र रास्ट्र्को अखण्डताको रक्षाको निम्ति हामी बलिदान दिन तयार छौं भनेर भन्यौं । यो कहाँ नराम्रो कुरा भयो । देश डुब्न लागेको बेला हामीले बोल्ने हिम्मत गर्यौं , संघर्ष गर्न उठयौं । हो यहि कुरा दलालहरुको अहितमा थियो । उनिहरुको बिरुद्धमा थियो । त्यसैले, हामी र हाम्रो पार्टी माथी प्रतिबन्धको घोसणा गरियो । यसले सरकार रास्ट्रघाती हो, दलाल हो, तस्कर हो भन्ने छर्लङ्ग भएको छ ।
हामीले पटक पटक भन्दै आएका छौ हामी बैज्ञानिक समाजबादी सत्ता स्थापना गर्ने आन्दोन गर्दै छौं । हामी संयमित छौं, जिम्मेवार ढङ्गले हामी हाम्रा कुराहरु जनताको बिचमा लांदैछौं । जनताहरु दलालहरुका सम्पुर्ण भ्रमबाट मुक्त भएर एकीकृत जनक्रान्तिको दिशामा लामबद्ध हुँदै छन । क्रान्तिको ज्वालामुखी उठदैछ । यो क्रान्ती आम नेपालि जनताको सपनाको कुरा हो, आकांक्षाको कुरा हो, सबै देशभक्तहरुको कुरा हो । सुरक्षाकर्मिहरु जिम्मेवार बनौं । हाम्रो आन्दोलनको बिरुद्ध परिचालित नहुनुस , मिलेर अगाडि बढौं । हामी बारम्बार यहि कुरा भनिरहेका छौं र हामी यहि गर्छौं पनि । तर, हामी दलाल, तस्कर, माफिया, भ्रष्टाचार गर्ने हरुका बिरुद्ध जनकारबाही हरु तिब्र पारेर अघि बढ्ने छौं । प्रतिबन्धले मात्र होइन संकटकाल लगाए पनि, हाम्रो हत्या गरेपनी, जीवन भर जेलमा कोचेपनी, निर्मम यातना दिए पनि हामी डगमगाउने छैनौं । हामी निरन्तर लड्ने छौं रास्ट्र र जनताको पक्षमा ।

-यो लेखकको निजी विचार हो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी