नेपालले उपाधीका लागि भारत विरुद्ध भीड्ने

नेपालले उपाधीका लागि भारत विरुद्ध भीड्ने

  • बुधबार, चैत्र ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, चैत ६ । पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।

विराटनगरमा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् ।

बुधबर भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल चौथोपटक फाइनलमा पुगेको हो ।

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरे । पुनमले खेलको ४२औं, अनिताले ७३औं, सावित्राले ८२औं र रेखाले ८५औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो उपाधिको खोजीमा रहेको नेपालले यसअघि समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले पराजित गरेको थियो ।

नेपालले अब उपाधिका लागि शुक्रबार भारतसित खेल्नेछ । बुधबारै भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४–० ले नै पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।

समूह चरणमा भारतले माल्दिभ्सलाई ६–० ले र श्रीलंकालाई ५–० ले हराएको थियो ।

नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुन लागेको हो । तीनैपटक भारतले नेपाललाई हराएको छ ।

गत संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

जारी भिडन्तमा नेपालले तीन खेलमा १० तथा भारतले १५ गोल गरेको छ । दुवै टिमले गोल खाएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ