होलीमा कुदाउदै गरेको १५ वटा सरकारी गाडी ट्राफिकको नियन्त्रणमा ,अरु निजी पनि थुप्रै कार्बाहीमा

होलीमा कुदाउदै गरेको १५ वटा सरकारी गाडी ट्राफिकको नियन्त्रणमा ,अरु निजी पनि थुप्रै कार्बाहीमा

  • बुधबार, चैत्र ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

उपत्यकामा मंगलबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार दिँउसो १२ बजेसम्ममा उक्त संख्यामा सवारी कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाका अनुसार अहिलेम्म सरकारी गाडी १५, मापसे १४, लापरबाही तरिकाले सवारी चलाउने १५, कागजपत्र नभएको १८६, हेलमेट नलगाएको १७, तीन जना सवार २३ र अन्य २७ गरी कुल २९७ सवारी कारबाहीमा परेका छन्।

आज राजधानीमा ट्राफिक प्रहरीले अधिकांश चोक, सडक तथा गल्लीहरूमा चेकजाँच गरिरहेको छ।

उपत्यकाका ७७ स्थानमा चेकिङ प्वाइन्ट र १५ वटा मोबाइल भ्यानहरूले गस्ती गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ