विराटनगर ६ चैत्र ।
नेपाल पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज विराटनगरमा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । पहिलो पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाली महिला टोलीले दोस्रो हाफमा ३ गोल गरेको हो ।
नेपालका लागि पहिलो गोल ४२ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरले गरेकी थिइन । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरिन । ८२ औं मिनेटमा साबित्रा भण्डारीले र ८६ औं मिनेटमा रेखा पौडेल गोल गरिन ।
यस अघि भुटान र बंगलादेशलाई हराएको थियो । पर्सी हुने फाईनलमा नेपालले बंगलादेश र भारतमध्य एक विरुद्ध उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline