निर्मला पन्त हत्या प्रकरणः एसपी डिल्लीराज विष्टले गरे आत्मसमर्पण

निर्मला पन्त हत्या प्रकरणः एसपी डिल्लीराज विष्टले गरे आत्मसमर्पण

  • मङ्लबार, चैत्र ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

कन्चनपुर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् ।

उपस्थित भएसँगै विष्टसँग बयान लिने काम भएको छ । बयान सकिएमा थुनछेक बहस हुने छ ।

यसअघि एसपी विष्ट र डिएसपी अंगुर जिसीलाई ३५ दिन भित्र हाजिर हुन पत्र काटिएको थियो ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कञ्चनपुरमा कार्यरत तत्कालिन प्रहरी अधिकृतविरुद्ध मुद्दा परेको थियो ।

अभियोग लागेका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काले जनही नौ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रहरी निरीक्षक जगदिश भट्टले चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी ३ लाख ५० हजार, राम सिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदले दुई लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ