दश बर्षपछि नेता झलनाथ खनालले दाेस्राे गीति एल्बम ल्याउदैं

दश बर्षपछि नेता झलनाथ खनालले दाेस्राे गीति एल्बम ल्याउदैं

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ ।

उहाँको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पूर्वप्रधानमन्त्री खनालले आफूले विसं २०६२÷६३ को आन्दोलनपछि यता देशप्रेम, विकास, निर्माण, समृद्धि, गृह जिल्ला इलामका सन्दर्भहरुमा लेखिएका गीतहरु समावेश गरिएको जनाउँदै आन्दोलनको चरण सकिएकाले अब साहित्यकारले विकास र निर्माणका लागि कमल चलाउनु पर्नेमा जोड दिनुभयो ।

खनालको पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरु भाग १’ २०६५ सालमा सार्वजनिक भएको थियो ।

महासङ्घका अध्यक्ष सरल सहयात्री र खगेन्द्र राईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राजनीतिक कामको व्यस्त तालिकाबाट समय निकालेर साहित्य, कला र संस्कृतिमा कलम चलाएर नेता खनालले यस क्षेत्रलाई कार्यसूचीमा राखेको पाइनु सकारात्मक रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी