रुपन्देहीमा रहेको नेकपाको कार्यलयमा प्रहरीद्धारा हस्तक्षेप

रुपन्देहीमा रहेको नेकपाको कार्यलयमा प्रहरीद्धारा हस्तक्षेप

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

वुटवल चैत्र ४ । रुपन्देहीमा रहेको नेपाल कम्युनिष्ट पार्टीको कार्यलयमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले सो कार्यलयमा रहेको झण्डा ब्यानर च्यातेर लानुका साथै ताला तोडेको छ ।
माओवादी काल देखि नै कब्जा गरी पार्टी कार्यलयको रुपमा प्रयोग हुदै आएको सो भवनमा विप्लव नेतृत्वको नेकपाले प्रयोग गर्दै आएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय पाल्पारोड स्थित ‘रातो घर’मा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा हस्तक्षेप गरिएको प्रति नेपाल कम्युनिष्ट पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ । एक विज्ञप्ती सार्वजनिक गर्दै पार्टी कार्यालयको ताल्चा फोरेर पार्टीको झण्डा, ब्यान, साईनबोर्ड लगायत महत्वपूर्ण सामग्री कब्जा लिएको प्रति घोर भत्र्सना तथा निन्दा गरेको हो ।

आफूहल्े १३ बर्षदेखी पार्टी कार्यालय संचालन गर्दै आईरहेको उक्त कार्यालयमा विना सुचना हस्तक्षेप गरिएको र कार्यालयमा बस्दै आएका मजदुरहरुलाई २ दिनभित्र द्दर खाली गर्न चेतावनी समेत दिएको बताउँदै विज्ञप्तीमा यस्तो हर्कत नदोहो¥याउन समेत चेतावनी दिएको छ

जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘कम्युनिस्टको नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता कार्यकर्ताहरुको गिरफ्तारी तथा जनविरोधी हर्कत विरुद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौं र गृहप्रशासनको यस्तो फासीवादी र राजनीतिक स्वतन्त्रता विरोधी हर्कत विरुद्व सम्पूर्ण मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील समेत गर्दछौं ।’
वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तीमार्फत जानकारी दिदैं फेरी पनि त्यस्तो खालको हस्तक्षेप गरेमा पार्टीले गम्भीर र कठोर निर्णय लिन बाध्य हुने र  हस्तक्षेप विरुद्ध पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत विज्ञप्तीमार्फत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ