महिला टी-ट्वेन्टी क्रिकेट वैशाखमा हुने, रेखा बनिन् काठमाडौं सुपर च्याम्पियन्सको मालिक

महिला टी-ट्वेन्टी क्रिकेट वैशाखमा हुने, रेखा बनिन् काठमाडौं सुपर च्याम्पियन्सको मालिक

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, ४ चैत ।

नायीका रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छिन्। रेखा नेपालमा आयोजना हुने तय भएको पहिलो महिला टी ट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौं सुपर च्याम्पियन्स क्लबकाे मालिक बनेकी हुन् ।

आयोजक एन.सी.एल. स्पोट्स प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताका लागि टोली, मालिक र मार्की खेलाडी सार्वजनिक गरेको छ। यही प्रतियोगिताका लागि अभिनेत्री थापा काठमाडौं सुपर च्याम्पियन्सको मालिक बनेकी हुन्। आयोजकले जनाएअनुसार प्रतियोगितामा विराटनगर रोअरीङ लायोनेश, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी चार टोली सहभागी हुनेछन्।

काठमाडौंको स्वामित्व रेखाले लिएकी हुन् भने विराटनगर टोलीको स्वामित्व अनुप सक्सेना, भैरहवाको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदी, धनगढीको हरी खनालले लिएका छन्।

चैतको एकदेखि ९ गत्तेसम्म आयोजना हुने भनिएको प्रतियोगिता सोही समयमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आगामी वैशाखको ७ देखी १४ गतेसम्म हुने आयोजकले जनाएको छ।

प्रतियोगिता खेल्न आवेदन दिएका इच्छुक खेलाडीलाई उनीहरूको स्तरअनुसार ए, बी र सी गरी तीन क्याटेगोरीमा वर्गाीकरण गरिएको छ।

अक्सनमा सहभागी हुँदा यीमध्ये ए क्याटेगोरीका खेलाडीले न्यूनतम ४० देखि अधिकतम ७५ हजार, बी क्याटेगोरीका खेलाडीले न्यूनतम २५ देखि अधिकतम ५० हजार तथा सी क्याटेगोरीका खेलाडीले न्यूनतम १५ देखि अधिकतम २५ हजारसम्म पाउने छन्।

यस्तै आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। जुन अहिलेसम्म नेपालमा आयोजना भएका महिला प्रतियोगितामध्येको सर्वा्धिक पुरस्कार हो । यस्तै दोस्रो हुने टोलीले पाँच लाख प्राप्त गर्नेछ भने प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट ठहरिने एक÷एक खेलाडीले १०र१० हजार प्राप्त गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ