डडेल्धुराको गन्यापधुरामा गाडी दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते

डडेल्धुराको गन्यापधुरामा गाडी दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

डोटी, ४ चैत ।

डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको छ । साउद नेपाल प्रहरी जवान भएको बताइएको छ ।

घाइते दुई जनालाई थप उपचारका लागि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको तथा अन्यको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

सडकमा रोकिराखिएको गाडीमा ओट (रोक्न राखिने वस्तु) नलगाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गाडाी सडकबाट करीब २० मिटर तल खेतबारीमा खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ