२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

हेटौँडा, ४ चैत्र : हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताइएको छ । आज एक दिनका लागि प्राविधिकले आवश्यक पोशाक र रसायन जुटाउन कुखुरा नष्ट गर्ने अभियान स्थगन गरिएको कार्यालयले बताएको छ ।

बाँकी कुखुरा आगामी पाँच दिनभित्र नष्ट गरी खाल्टोमा पुर्ने र खोरको सरसफाइ गर्ने लक्ष्य रहेको कार्यालयका प्रमुख चिकित्सक डा चेतनारायण खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार रोग प्रभावित कुखुरा नष्ट गर्न बर्ड फ्लू प्रभावित क्षेत्रमा कृषक समूह, प्रहरी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि र काठमाडौँबाट आएका प्राविधिक टोली खटिएका छन् ।

प्रभावित क्षेत्रका कुखुरा र अण्डा बाहेक अन्य क्षेत्रका कुखुरा र अण्डाको स्थानीय बजारमा बिक्रीवितरण जिल्ला पशु सेवा कार्यालयको निगरानीमा खुला गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी