कबिता- राज्यद्रोही

कबिता- राज्यद्रोही

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

✍️सुमनसिंह पौडेल

हो ! म राज्यद्रोही
मलाइ राज्यद्रोही हुनुमा
अधिक आनन्द छ‘।

भोको पेटको याचना
रोगिहरुको चीत्कार
शोकले थिलो थिलो भएका
मलिन अनुहारहरुको
अँध्यारो जिवनमा
उज्यालो खोज्ने कसुर छ मेरो

हो ! त्यसैले म राज्यद्रोही

तिमिले चुस्यौ,लुट्यौ
जुकाले जिंउदो रगत चुसेझैं
मजदुरको पसिना चुस्यौ
सुकुम्बासिको झुपडी अनि
ती झुपडिबाट बगेका आँसु चुस्यौ
गरिबहरुको सपना लुट्यौ
मलाइ त्यो सह्यै भएन
त्यसैले, मैले बिरोध गरे

हो! त्यसैले म राज्यद्रोहि

देश बेच्यौ तिमिले
कहिले नदि बेच्यौ
कहिले जंगल बेच्यौ
कहिले सिमाना बेच्यौ
तिम्रा आफ्ना स्वार्थहरुको निम्ति
पटक पटक देशको सौदा गर्यौ
मैले सहन सकिन
मेरो आत्मा जिवित भएर
ठिङ्ग उभियो
मैले प्रतिरोध गरे
हो मैले, तिम्रा कर्तुतहरु
बजारमा गएर जोडले भन्दिए

हो ! त्यसैले म राज्यद्रोही

एक किलो नुनको निम्ति
मालिकको अगाडि रगत बगाउने मजदुर
सानो खुसिको झुपडी संसारको
एक पेट मीठो खाने सपना
एक आङ्ग लगाउने चाहाना
स्वतन्त्र भएर बांच्ने अभिलासामाथि
तिम्रा पासविक दमनहरु बर्सिन पुग्छन
तिम्रा निकृस्ट सोचहरु सल्बलाउछन
जंही तंही अन्यायको ताण्डब देखांछौं
यो मैले सहन सकिन
मैले बिरोध गरे तिम्रा हर्कतहरुको

हो ! त्यसैले म राज्यद्रोही
मलाइ राज्यद्रोही हुनुमा
अधिक आनन्द छ‘।।
र‘ यिनै आरोपहरुको प्रतिरोध गरेर
मर्ने इच्छा छ मेरो ‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी