चैत्र ३ काठमाण्डौं । शुक्रबार राति ललितपुर च्यासल स्थित छोरा छोरीको डेराबाट गिराफ्तार गरिएका विप्वल नेकपाका पोलिट ब्युरो सदस्य मोहन कार्की जीवन्तलाई टेकुमा राखिएको खुलेको छ । विषेश ब्युरोले राखेको र आज बिहान मात्रै टेकुमा बुझाएको बताइएको छ ।
विशेष प्रहरीले पक्राउ गरेका उनलाई टेकुमा राखिएको र आजै म्याद थप गर्न जिल्ला अदालत काठमाण्डौंमा ल्याईदै गरेको बताईएको छ ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध घोषणा गरे पछि धरपकड तीव्र बनाउने क्रममा पक्राउ परेका कार्कीलाई के मुद्धा लगाईएको छ भन्ने बारे स्पष्ट भएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline