सरकारले अप्रत्यासीत रुपमा विप्लव नेतृत्वको नेकपा विरुद्ध प्रतिवन्धको घोषणा गरे पछि त्यसको चौतर्फी आलोचना भईरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नेकपामाथि प्रतिवन्ध लगाउने वा दमन गर्ने सरकारको घोषणाको विरोध गर्दै वार्ताबाट सहमति गर्न आग्रह गरेको छ ।
राप्रपाको बैठक पछि हिन्दु राष्ट्रका लागि आन्दोलनको घोषणा गर्ने क्रममा जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठको विज्ञप्तिमा माओवादीले पनि हिशाको बाटो छोडी शान्तिपुर्ण बाटोमा आउनु पर्ने माग गरेको छ ।
यसैबीच राप्रपाले हिन्दु राष्ट्र कायम गर्नका लागि चैत १२ देखि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पहिलो चरणमा स्थानीय तह, दोस्रो चरणमा प्रदेश र अन्तिममा सिंहदरबार घेर्ने, धर्मनिरपेक्षताको कागज जलाउने जस्ता कार्यक्रम राप्रपाले ल्याएको छ ।
राप्रपाको बैठकले सिके राउतसगँको सम्झौता रहस्यमय र अप्रत्यासीत रहेको भन्दै विखण्डनको मुद्धा छाडेको कुनै अर्थ लाग्ने सम्झौतामा नदेखिएकाले आशका पैदा भएको जनाईएको छ ।