क. दिनेश विक
अरुले बाहिर ठग्ने लाटोले वाउ ठग्ने भन्ने उखान जस्तै छ अहिलेको सामाजिक दलाल पुजिवादी सरकार अर्थात केपि- प्रचण्डको कथित नामधारी लुटेरा सरकार पनि भन्न मिल्छ जस्ले गाउँ देखि केन्द्र सम्म लुट्ने ,थुत्ने र कमाउने भाडो बनेको छ सरकार । लुट्ने र लुटाउने सरकार सावित भएको छ । आर्थिक क्षेत्रमा लुट, स्वास्थ्य क्षेत्रमा लुट, विकास निर्माणमा लुट , पानी पधेरोमा लुट, यातायातमा लुट,कानुनमा लुट ,राजनितीक अधिकार र रोजगारीको नाममा लुट वढेको छ । सवै क्षेत्र लुट्ने र लुटाउने आधिकारिक प्राइभेट कम्पनी खोलेको छ यो नालायक सरकारले । देशको अस्मिता लुटिएको छ स्वाधीनता खतरामा परेको छ मानौ आफ्नै आमाको अस्मिता लुटाउन पैसाको मोलतोल गरे जस्तै घृणित काम गरेको छ केपि – प्रचण्डको सरकारले । अहिले जनतामा लोकतन्त्रको अर्थ फरक र भिन्न व्याख्या हुँदै आएको छ नहुनु पनि कसरी दलाल नेता र यिनका व्यावहारले त्यो पुष्टि गरेको छ । दलाल संसदिय व्यवस्था र यसका सन्चालक आजको लोकतन्त्रका हिमायती होइनन कि ! लुट्तन्त्रका डाका भन्न पनि नसुहाउने भएन । यो फासिवादी निरंकुश केपि र पिके दाहालको सरकारलाई बाहिर साम्राज्यावादी शक्तिहरुले थुतेको र सवै हिसावले चुसेको छ भने भित्र नेपाली सोझा साझा नागरिकहरुलाई ठगिरहेको छ । अन्तरहृदयमा नेपाली नागरिकको हितको काम गर्ने छैनकी विदेशी साम्राज्यावादिको खुट्टामा कणुवा तेलले मालिस गर्दै कुर्सी वचाउन वाहेक अरु काम गरेको देखिदैन मानौ केपि र पिके दाहालको लागि यो सरकार लुटि खाने र भुटी चपाउने भएको छ ।
केपि – पिके दाहालको कथित नामधारी कम्युनिस्ट सरकार अहिले सवै भन्दा बदनामी र कलङ्क सरकार सावित भएको छ । दुई तिहाइको सरकार शान्ती , समृद्धि , स्थायित्व र समाजवादको नारा दिएको छ जो नारा जनताको आखामा छारो फाल्ने वाहेक अरु केही भएको छैन । भ्रष्टाचार निर्मुल पार्छु भन्ने केपीका उखान, टुक्के भासण गर्दै हिड्ने तर पोल्लो कोठामा अरवौ स्वाहा पारेको थाहै नपाउने ! शान्तिको नारा दिने तर दिन प्रती दिन चेली बेटि वलात्कारको सिकार र मारिनु पर्ने अवस्था छ , दलितमाथी अमानविय कार्य वढ्दै गएको छ । न्याय जनताको पक्षमा होइनकी हुने खानेहरुको किन्ने ललिपप भएको छ, जनताले खान पाएकी पायनन भन्ने भन्दा पनि मन्त्री देखि रास्ट्रपति सम्मकाले कति महङ्गो गाडी चढ्ने होड्वाझी चलेको छ , जनताले औसधि उपचार नपायर अकालमै ज्यान फाल्नु परेको छ तर यहाँका मन्त्री, प्रधानमन्त्री र रास्ट्रपति सम्मकाले करोडौं खर्च गरेर रुघा खोकी लाग्दा पनि विदेश हुइकिने गरेका छन । जनताका छोरा – छोरी गरिविका कारण राम्रो विद्यालयमा पढ्न लेख्न र कलम कापी किन्ने पैसा नपायकै कारण भविस्य अन्धकार भएको छ तर उच्चतहका सरकारी मान्छेहरुका छोरा – छोरी महँगा स्कुल र विदेशमा पढाउछ्न । डिग्री पास गरेका छन तर युवाहरु विदेशका गल्ली चाहार्नु पर्ने वाध्यता छ र सम्पती कमाउने सपना बोकेर विदेश हिड्ने युवा मृत अवस्थामा बाकशमा स्वदेश आउनु पर्ने दर्दनाक पिडादायिक अवस्था छ । जनताको जिवनमा अभावै अभावले घेरा बन्दी गर्दै छ यहाँ सम्मकी निस्सासियर नगरिक झुण्डिएर मर्ने अवस्था आएको छ । पुजीवादी व्यवस्थाका कारण मान्छेका मन, माया र भावना पनि पैसा छ त्यो छ पैसा छैन त्यो छैन यस्तो छ । दलाल पुजिवाद रहे सम्म जनता जनता विच अविस्वास मात्र होइन की ! पति पत्नी विच अबिस्वास , वुवा र छोरा विच अविश्वास, प्रेमी र प्रेमिका विच अविश्वास, अफिसर र सिपाही विच अविश्वास, हाकिम र पियुन विच अविश्वास, नेता र कार्यकर्ता विच अविश्वास, मन्त्री र प्रधानमन्त्री विच अविश्वास पुजिवावाद रहे सम्म मालिक र मजदुरको विचको सम्बन्ध पनि समधुर हुने वाला छैन किनकि स्वार्थ सिद्घ निच यो दलाल व्यवस्थाले यो निम्त्याएको हो तर यहाँ समाजवाद को नारा दिइएको कथित कम्युनिस्टको सरकारले अथाहा भ्रम फैलाएको छ । लोकतन्त्रको दुहाई दिएर करोडौं सम्पती विदेशी वैङ्कमा कस्ले कति लुकाउने भन्ने प्रतिस्पर्धा चलेको छ यहाँ लोकतन्त्र होइनकी लुट्तन्त्र हो भन्ने सावित भएको नागरिकले वुझी सकेका छन । देशलाई लुट्ने र लुटाउने दलाल अहिलेका केपि – पिके दाहालको प्रमुख भुमिका हो र त्यसका मतिहार यिनै हुन भन्ने जनतामा स्थापित भएका छन । नागरिक भ्रममा पर्नु हुदैन ।
प्रतिवन्ध किन ?
हाम्रो देशको अवस्था हेर्दा कहाली लाग्दो छ । भ्रष्टाचार झन उत्कर्समा पुग्दैछ हर राज्यका हर निकाय अछुतो छैन हजार देखि अरवौको रकममा भ्रष्टाचार गर्दै जनताको पसिना वाट कर उठेको देशको रकम सिद्घाउन लागि परेका छन । शेर ब. देउवा, पिके दाहाल, केपि ओलि देखि सवै स्तरका नेताहरु सङग भएको ( लुटेको ) अरवौ रकम स्विसमा लुकाएका छन । विभिन्न क्षेत्रमा लगानी गरेको पनि नागरिक सामु प्रस्टै छ । भ्रष्टाचारले आफ्नो सिमा क्षेत्र दिन – प्रतिदिन फराकिलो पार्दै गएको छ । कमिसन हर क्षेत्रमा नाङ्गिदै गएको छ र सस्कारमा विकाश भै रहेको छ ।”
१)एनसिएल ले ७२ वर्व राज्यलाई कर तिरेन नेताहरुलाई बाढ्यो , ५५ जना नेपालिले विदेशमा ५२ अर्व ७ करोड २७ लाख ३२ हजार रुपैया संका स्पद लगानी गरेका छन भन्ने बाहिर आयो तर सम्पत्ति सुद्घिकरण र राजस्व अनुसन्धान बिभाग प्रधानमन्त्री केपि आफैले हेर्ने गरेका छन । कसरि र कहाँ वाट वाहिरियो ? यत्रो रकम यसको जवाफ दिन सक्छ्न देशको खोला नाला , अवैधधन्दा र दलाली गरेर कमायको पैसा वाहेक अरु केही होइन १७ अर्व १ करोड ८० लाख वरावरको ३८ क्विन्टल सुन तस्कर गरियो यो पनि सरकारकै उच्चतहका मान्छेको हात छ भन्ने हो यी सवैको हामी अन्त्य चाहान्थ्यौ यी सवैको विरोध गर्दा हामिलाई प्रतिवन्ध गरियो !
२) नेपालको रास्ट्रीयता कमजोर भएको छ १८१६ को सुगौली सन्धी, १९५० को असमान्सन्धिका कारण नेपालको रास्ट्रीयता कमजोर भएको छ । नवउपनिवेशिकको सिकार भएको छ । राजनैतिक , आर्थिक , सास्कृतिक र सामाजिक क्षेत्रमा साम्राज्यवादी शक्तिहरुले हाम्रो देशको रास्ट्रीयता माथी लात हान्दै आएका छन । हाम्रो रास्ट्रीयता मजवुत पारौ , स्वाधिन र आत्मनिर्भर देश वनाऔ , सिमाको रक्षा गरौ , असमान सन्धी खारेज गरौ , स्वाभिमान नेपाल निर्माण गरौ , हस्त्क्षपकरी विदेशिको नीति खारेज गरौ भन्दा हामिलाई प्रतिवन्ध लगाईयो ।
३) असमान, अवैज्ञानिक र महङ्गो शिक्षा होइन , सर्वसुलभ, वैज्ञानिक र प्रत्येक नागरिकका छोराछोरीलाई शिक्षा निशुल्क दिनु पर्छ र राज्यको दायित्व हो । प्रत्येक नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचार पाउनु, स्वस्थ रहनु र वाच्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो र त्यो व्यवस्था राज्यले गर्नु पर्छ भन्दा उल्टै हामिलाई प्रतिवन्ध लगाइयो ।
४) प्रत्येक नेपालि नागरिकले पेट्भरी खाना खान पाउनु पर्छ, सवैले वस्ने बाँस पाउनु पर्छ र ग्यारेन्टी हुनुपर्छ र आङ ढाक्ने लुगाफाटो नपाई अभावमा वाच्न नपरोस र राज्यले ग्यारेन्टी गरोस भन्दा हामिलाई प्रतिवन्ध लगाइयो
५) प्रत्येक नागरिकलाई रोजगारिको ग्यारेन्टी गरियोस र नौजवान युवाहरु रोजगारिका लागि विदेश जान नपरोस , नेपालमै रोजगारिको सृजना गरियोस भन्दा प्रतिवन्ध लगाईयो । आदि आदि …जनताका जायज मुद्दाहरु उजागर गर्दा , सभ्यसमाज निर्माण गर्न पुजिवादको विकल्पमा जनताको आफ्नै वैज्ञानिक समाजवाद चाहिन्छ भन्दा यो दलाल संसदिय व्यवस्थाका मतियार केपि – पिके दाहालको फासिवादी सरकारले हामी माथी प्रतिवन्ध लगायो यसको पछाडी हाम्रो नेकपाले जनताको हक अधिकार र रास्ट्र्को पक्षमा उठाएका मुद्दामा जनताको जनलहर देखेर आत्तिएर आफ्नो कर्तुत र वेइमानी छुपाउन झुठो र वेइमानी , अराजनैतिक कार्य गर्दै हामिलाई प्रतिवन्ध लगायो । यो केवल फिक्का र हावामा सावित हुनेछ । क्रान्तिकारिका लागि सामन्य नियम हुनेछ ।
हाम्रो प्रतिवद्घता क्रान्तिकारीहरु जहिले पनि अप्ठेरोको डटेर सामना गर्ने गर्छन ।हामिलाई थाहा छ सत्यको जहिले पनि जित हुन्छ तर त्यसलाई जहिले पनि दवाउने , अघिवढ्न नदिने र अन्तिममा निर्मम दमन पनि गर्ने गर्छन् । तर जहिले पनि अन्ततः सत्य र सहि विचार ,राजनितिको विजय भएको ईतिहास छ । राणाहरुको दमन , पन्चेहरुको दमन र राजा रजौटाहरुको दमन नेपाली जनता र सत्यको विजय भएको छ । केपि – प्रचण्डको फासिवादी हर्कतको पहिलो सुरुवात नेकपा माथिको प्रतिवन्ध लगाईयो यो हाम्रो लागि केही पनि होइन हामिलाई थाहा थियो । हामिले जहिले पनि यो विर्सेका छैनौ कि देशको मुक्ति र जनताको अधिकारका लागि जहिले पनि लड्न तयार छौ भन्ने , महान शहिदहरुको रगत जनतालाई दिएका वाचा र कसम विर्सेका छैनौ । हामी जस्तो सुकै दमनको सामना गर्न तयार हुनु पर्छ , जहाँ दमन त्यहाँ प्रतिरोध हुन्छ भन्ने पनि सायद थाहा होला केपि र पिकेलाई हामी युवाको काधमा क्रान्तिको वाकी कार्यभार पूरा गर्नु छ साथै एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र शहिदको सपना पूरा गर्ने अठोट लिदै क्रान्तिकारी आन्दोलन र जनताको मुक्तिको वाटो मा निरन्तर हिड्ने प्रतिवद्घता युवाहरुले लिनु पर्छ र जित जनताको हुनेछ । प्रतिवन्ध त के तिमी जे सुकै कदम चाल हामी प्रतोरोध गर्ने छौ भन्ने प्रतिवद्घता छ ।”
-लेखकको निजी विचार हो ।