अमेरीकाको टेक्सासमा एक महिलाले एकै पटकमा ६ वटा बच्चा जन्माएकी छन् ।
टेक्सास राज्यको हास्टुन शहरमा वुमन्स हस्पिटल अफ टेक्सासमा ती बच्चाहरु पैदा भएका हुन् । थेलमा चैका नाम गरेकी ती महिलाले स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजेर ५० मिनेट देखि ५९ मिनेट भित्र ४ वटा छोरा र दुई वटी छोरी जन्माएकी थिईन् ।
बच्चाहरुकी आमा श्वस्थ्य रहेको अस्पतालले जनाएको छ । प्रत्यक बच्चाको तौल १ पाउण्ड १२ औस देखि २ पाउण्ड १४ औसको बीच रहेको छ ।
ती बच्चाहरुलाई एनआईसीयुमा राखिएको छ । ती आमाले छोरीहरुको नाम जिना र जुरिएल राखेकी छन् भने छोराहरुको नाम राख्न बाकीँ छ ।
विश्वमा ४ अर्ब भन्दा बढीको संख्यामा रहेका महिला मध्य यी महिलाले नयाँ ईतिहास बनाएकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline